Posted by: Samrat Singh Karki February 1, 2017
नेपाली रिय अधिकारी पहिलो सिकार, अमेरिका छाड्न ट्रम्पका समर्थकको धम्की
Login in to Rate this Post:     0       ?        
एच-१बी विधेयक पेश भएपछि ट्रम्पको अमेरिका तथा विश्वका विभिन्न देशमा चर्को विरोध भइरहेका बेला उनका समर्थकहरु भने आप्रवासीहरुलाई धम्की दिन उनीहरुको कोठा कोठामा पुग्न थालेका छन् ।

ट्रम्पका समर्थकहरुले नेपालीहरुलाई पनि कोठामै पुगेर अमेरिका छाड्न धम्की दिन थालेका छन् । नेपालबाट पढ्नका लागि अमेरिका पुगेकी विद्यार्थी रिया अधिकारी बस्दै आएको छात्राबासको कोठाको ढोकामा उनलाई अमेरिका छाडेर जान भन्दै चेतावनीयुक्त सन्देश लेखिएको हो ।

जर्जिया राज्यको मेकन शहरस्थित महिला कलेज वेस्यलेनको छात्रबासको कोठाको ढोकामा सेतो पाटीमा ‘गो अवे इमिग्रेन्ट (आप्रवासीहरु जाओ) #ट्रम्प भन्दै धम्कीपूर्ण भाषामा लेखेको सन्देश पाइएपछि त्रासको माहोल बनेको छ ।

तर ट्रम्पका समर्थकको यो धम्कीपूर्ण सन्देशको रियाले फेसबुकमार्फत कडा जबाफ दिएकी छन् । उनले यो धम्कीले आफू बिचलित नभएको भन्दै आफूलाई अझै शक्तिशाली बनाएको उल्लेख गरेकी छन् । (ट्रम्पले तर्साएपछि चीनको शरणमा भारतीय कम्पनी)

'हामीलाई यो सन्देश छाड्नेहरुमाथि पैदा भएको घृणाले आफूसँग कति समर्थन छ भन्ने देखाएको छ', उनले भनेकी छन्,‘तिमीले मलाई एक्ली सोच्यौ होला। तर, तिमीले बुझ मसँग सेना पनि छ । अब तिमीले मलाई संगठित गर्न झनै सहयोग गरिदियौ ।’

म्याकोन डटकमका अनुसार रिया बस्दै आएको छात्राबासमा रहेका अन्य आप्रवासी विद्यार्थीहरुका ढोकामा पनि यस्तै धम्कीपूर्ण सन्देश लेखिएका छन् ।

समाचार अनुसार आप्रवासीविरुद्ध भड्काउपूर्ण धम्कीयुक्त सन्देश लेखिएपछि रियाले पढ्दै आएको कलेजको पढाई पनि मङ्गलबार रोकिएको थियो ।

धम्की दिएको यो घटना सार्वजनिक भएपछि अमेरिकामा आप्रवासीको पक्षमा अझै जबरजस्त माहोल बनेको छ । केही दिनयता चर्केको विरोधको स्वरले अझै उचाई लिइरहेको छ ।

घटनाबारे जानकारी पाएपछि रिया पढ्दै आएको कलेजमा प्रमुख रुथ नक्सले सामूहिकता नै आफूहरुको बल भएको बताउँदै यसबाट बिचलित नहुन पनि अपिल गरेका छन् ।

एच-१बी भिसासम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित भएमा आप्रवासी दक्ष कामदारको अमेरिका प्रवेश धेरै कठिन हुने भएको छ ।

नयाँ प्रावधानमा आप्रवासी कामदारलाई रोजगारी दिने कम्पनीले अब बार्षिक तलब १ लाख ३० हजार डलर पुर्‍याउनुपर्ने भएको छ । यसअघिसम्म वार्षिक ६० हजार तलब दिए पुग्ने प्रावधान थियो ।

यसको सबैभन्दा धेरै मार भारतीय आईटी कम्पनीहरुलाई पर्ने भएको छ । त्यहाँबाट बर्षेनि बीसौँ हजार नागरिक पढ्न तथा रोजगारीका लागि एच-१बी भिसाको प्रयोग गरेर अमेरिका पुग्छन् ।

नेपालबाट पनि एच-१बी भिसाको प्रयोग गरेर बर्सेनि करिब १२ सय जना नेपाली युवा युवती अमेरिका पुग्ने गरेका छन् । डीभी लोट्रीबाट अमेरिका पुग्ने नेपालीको सङ्ख्या अलग्गै छ ।
Read Full Discussion Thread for this article