Posted by: ktmpost January 27, 2017
गायक प्रकाश ओझालाई १० वर्ष कैदको फैसला, प्रहरीद्वारा पक्राउ
Login in to Rate this Post:     0       ?        

गायक प्रकाश ओझालाई १० वर्ष कैदको फैसला, प्रहरीद्वारा पक्राउ

prakash-ojha

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतले सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ ।

र, सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ ।

सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५/५ गरी १० वर्ष जेल सजाय सुनाएको हो । माघ पहिलो साता भएको यो फैसला सार्वजनिक भएको थिएन ।

फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लुकिछिपी गीतन संगित रेकर्डिङको काम गर्दै आएका थिए ।

ओझालाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । र, फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले बताएको छ ।

के हो उनको अपराध ?

कुनै समयका चर्चित गायक तथा हास्य कलाकार ओझा ०५९ को यौनकाण्डमा दोषी ठहर भएका हुन् ।

ओझाले नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राखेका थिए । र, त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक समेत गरेका थिए ।

उनले ०५९ सालदेखि लगातार २ वर्षसम्म डरत्रास देखाएर तीन बालबालिकासँग अनैचिक सम्वन्ध राखेको र अश्लिल तस्वीर तथा भिडियो खिचेका थिए । त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ ।

यो घटनाकी पीडित जेसिका (ज्योती) खड्काले झण्डै दुई वर्ष अघि आत्महत्या गरिन् ।

२०७३ माघ १४ गते १६:५८ मा प्रकाशित
http://www.onlinekhabar.com/2017/01/534749/
Read Full Discussion Thread for this article