Posted by: ktmpost January 24, 2017
प्रियङ्का बेहोस, नम्रता दुर्घटनामा – एकै साता दुई सूट स्थगित
Login in to Rate this Post:     0       ?        
main
पहिलोपोस्ट -
काठमाडौं: शनिबार राति फिल्म पर्वको युनिट छायाँकन स्थलबाट फर्कँदै गर्दा नायिका नम्रता श्रेष्ठ सवार गाडी दुर्घटनामा पर्‍यो। 

नयाँ बानेश्वरमा नम्रता सवार रहेको भ्यानलाई ट्याक्सीलाइ ठक्कर दियो। गाडीमा नम्रतासँगै निर्देशक सुरेन्द्र न्यौपाने पनि थिए। गाडी दुर्घटनासँगै फिल्म पर्वको आइतबारको सुटिङ समेत रोकियो। सह निर्देशक दिनेश राउतले दुर्घटनाका कारण नम्रताको हातमा र निर्देशक न्यौपानेको खुट्टामा चोट लागेका कारण सुटिङ रोक्नु परेको बताए। 

यसैबीच सोमबार अर्को फिल्म राधेको पनि सुटिङ प्रभावित भएको छ। कारण थियो – प्रियङ्का कार्की सुटिङको क्रममा बेहोस हुनु। 

सोमबार दोलखाको चरिकोटमा हिउँमा सुटिङको क्रममा प्रियङ्का बेहोस हुन पुगेकी हुन्। हिउँको चिसोको कारण नायिका बेहोस भएपछि होटलमा ल्याउनुपरेको थियो। उनी दश मिनेटसम्म होसमा नआएपछि सुटिङको केही दृश्य छायाङ्कन समेत सार्नु परेको निर्माता सुशील पोखरेलले बताए।

गीतको भिडियोसहित अन्य केही दृश्य खिचेर हिजै फर्किने योजनामा रहेको युनिट भोलि मात्र काठमाडौं फर्कने भएको हो। 
http://www.pahilopost.com/content/-26504.html
Read Full Discussion Thread for this article