Posted by: magorkhe1 January 15, 2017
वा अमेरिका !! थू अमेरिका !! दलदल अमेरिका
Login in to Rate this Post:     0       ?        
 एउटा प्रोफेसर युनिभर्सिटिको ल्यन्ड्रो मा  आफ्नो बच्चा सहित आएको थियो | कुरै कुरामा उस्को एक कुरा बढो चित्त बुझ्यो | पढ्न मन छैन भने महगो ट्युसन किन खेर फ्याल्ने ? काम घास काट्ने देखी तरकारी काट्ने, डन्किन डोनट देखी बाटो बनाउने सबै चाहिन्छ | सबैले कालेज गए कुर्सीमा बसेर गर्ने काम मात्र खोजे पछी त्यो बाहेकका काम कस्ले गर्ने ? कामको बाडफाड नेपालमा जात अनुसार गरिदिए बाहुनले भने यहाँ ब्यक्तिको क्षमता र ईच्छा अनुसार हुन्छ भन्ने कुरा यिन्का गिदिमा कसरी पुग्छ ( दिमाग भएपो पुग्थ्यो )|

हाम्रा  नेपाली दाजु भाई जो बाउ बाजेले परीश्रम गरेर होस् वा ब्रम्ह लुत गरेर जम्मा गरिदिएका लाई आलुको र टमाटरको भाउ थाहा छैन | कीन्न नै गए  भने चटक्क परेको स्पोर्टस ब्याग बोकेर एक किलो तमाटर किनेर तेस्म्याथी एकधार्नी अालु हालेर घर फर्कान्छन | घर पुग्दा आधा तमाटर अचार बनी सकेको हुन्छ|
अमेरिका पुग्न सक्ने भने पछी यिनी आँफैले पनि केही बटुल बाटुल पारेको र काम चै कुर्सीमै बसेर गरेको हुनु पर्छ तेसैले यहाँ आएका नेपालीले गर्ने काम्लाई तुच्छ थाने | यिन्लाई पनि असलाम दर्ता गरिदिन पाएको भए थाहा पाउथे श्रम को मुल्य कस्तो हुन्छ भनेर ? चोरेर खाएका छैनन ठगेर खाएका छैनन परीश्रम् गरेर खाएकोलाई तुक्ष ठाने |
Last edited: 17-Jan-17 08:03 PM
Read Full Discussion Thread for this article