Posted by: ktmpost December 5, 2016
पूर्व युवराज पारसको साथी भन्दै ठग्ने मनोज बहादुर
Login in to Rate this Post:     0       ?        

सविन ढकाल/पहिलोपोस्ट -

ललितपुर : उनको बास्तविक नाम हो मनोजबहादुर सिह । तर उनी आफुलाई राज परिवारको सदस्य मनोजसिह ‘राजा’ को रुपमा परिचय दिन रुचाउँछन् । उनलाई धेरैले राजा कै रुपमा चिन्छन् ।

उनै राजा शनिवारबाट महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । हिरासत यात्राको कारण छ ठगी ।

सिह युवाहरुलाई ठगी गर्नकै लागि आफुलाई राजसि टाढबाढका साथ हिड्थे । उनले इमाडोलमा विदेश पठाईदिनकै लागि सिग्मा इन्टरप्राइजेज नामको सस्था पनि खोलेका थिए । मंहगा फर्निचर, आकर्षक सजावट, गेट देखि नै गार्ड, छुटै सेक्रेटरी अनि बडिगार्ड । उनको कम्पनीको कार्यालय भव्य थियो ।

मनोजले चढ्ने गाडी पनि महंगा थिए । उनि हप्ता दिन नहुदै गाडी फेरीरहन्थे । उनी गाडीमा ५÷७ जना केटा लिएर हिड्थे । उनको पहिरन हिडाई लवाई र बोलाई नै उनको ठगी गर्ने ठुलो हतियार थियो ।

पारस साथी भन्दै ठग्दै

उनि भेटिएका युवालाई आफु सम्पन्न परिवारको भन्दै चारो हाल्थे । अमेरिका, अष्ट्रेलिय, क्यानडा लगायतका देश सजिलै पठाईदिने सक्ने बताउँदा पत्याइहाल्थे ।

उनीबाट पिडीत एकले प्रहरीलाइ दिएको बयानमा उनको हाई प्रोफाइल शैली देखेर नै पत्याएको बताएका छन् ।
आफ्नो संगत देशका ठुला मान्छेसग भएको देखाउन देशका मन्त्री, नेता, पूर्वयुवराज पारस शाह लगायतका व्यक्तिहरुसंग फोटा खिचेर फेसबुकमा राख्ने गरेका थिए ।

दैनिक उजुरी

विभिन्न देशमा लैजाने भन्दै युवाबाट लाखौ रुपैया उठाएर फरार भएको उजुरी परेपछि प्रहरीले सिहलाई पक्राउ गरेपछी उनी विरुद्द उजुरी बढेका छन् ।

शूरुमा दुई जना युवाले उजुरी दिएका थिए । अहिले सिहविरुद्ध उजुरी दिनेको सङख्या बढ्दै गएको छ । पक्राउ परेको सार्वजिनक भएपछी आइतबार ४ जनाले उजुरी दिएका थिए । सोमबार थप २ उजुरी थपिएको छ ।

महानगरीय प्रहरी प्रहरी परिसरका डिएसी ईश्वर कार्कीले आएको ठाडो उजुरी र अन्य अनुसार धेरै युवालाई सिहले ठगेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताए । मनोजबहादुर सिह २०६८ मा ठगी तथा हातहतियार तथा खरखजाना मुद्धामा दुईबर्ष कारगार सजाए काटेका थिए ।

http://www.pahilopost.com/content/-24115.html
Read Full Discussion Thread for this article