Posted by: magorkhe1 November 18, 2016
लोडसेदिंग घट्दा इन्भर्टर बेच्ने ब्येबसायीहरुलाई आपत्ति
Login in to Rate this Post:     0       ?        
सोझो औलाले घिउ आउदैन भन्ने उखान सबै नेपालीले बुझेका मात्र हैनन् मनन पनि गरेका छन् | छिमेकी सरकारी कार्यालयमा काम गरेको छ भने घर छिर्ने सिडी देखि आची गर्ने कोठा सम्म मोजाइक घोटॆर घर बनाएको देखेर डाहा हुने हरु त्यो चिल्लो मोजाइकमा चिप्प्लेर करंग देखि खुट्टा भाच्चिदा मन मनै खुसि मनाउनेको सुचिमा तपाइँ हामि धेरै छौ |
अर्को थरि पनि छन् दशौ बर्स श्रीमती बनाएर लुटेर २-३ जना बच्चाको आमा बनाए पछि पनि पैसा कमाउनलाइ बम्बै को लालटिन बजार पुर्याउने हाम्रै दाजु भाइ हुन् | पैसा भने पछि महादेवका तिन हैन पाच नेत्र भन्नु पर्ने र नया उखान बनाउनु पर्ने बेला आएको छ |
पैसा कमाउने र पैसा बनाउने ( टक्सार खोल्ने ) काम दुई ध्रुबिय कुरा हुन् | छक्का पन्ज्जा नगरी सोझो जागिर र काम गरि खाने काम पैसा कमाउने हो भने साम दाम दण्ड भेद देखि जे जस्ता हतखनडा अपनाई पैसा बनाउने काम नगरी २-४ बर्समा करोड पति ( आज भोलि करोडपति को ठाउमा खर्ब पति राख्नु पर्ने हुन्छ) हुईदैन | हरेक पैसा बनाउने हरुको आफ्नो आफ्नो ग्यांग हुन्छ र छ | मलाइ लेख्न पनि डर लागि रहेछ किन यो व्यक्ति त्यो ठाउमा पुगे अनि यिनलाई हटाउने अभियानमा कहिँ सुनियोजित योजना त बनिरहेका छैनन् ? आजभोलि मोटर दुर्घटना सबै भन्दा सजिलो र जेल पनि नजानु पर्ने कुख्यात नियम ल्याईएको छ कै प्रयोग त गरिने हैन ?
आजभोली भारतीय चलचित्रमा देखाए झैँ ८-१० लाखमा सुपाडी लिने को कमि छैन जस्तो लाग्छ ? यस्तो नहोस र सुन्न नपरोस |
जय होस् तिम्रो | जय होस् हाम्रो देशको |
Read Full Discussion Thread for this article