Posted by: ktmpost October 18, 2016
लोक मान सिंह कार्कीज्युलाइ अबिलम्ब सर्बोच्च अदालतमा उपस्थित हुन सामाजिक संजाल सूचना !!!
Login in to Rate this Post:     0       ?        

अमेरिकामा रहेका भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी होटलमा रहेको स्रोतलाई उद्धृत गर्दै इकान्तिपुरले दावी गरेको छ ।

कार्की भोली नै नेपाल फिर्ता हुने तालिका रहेको तर कुन विमानबाट कति बजे नेपाल फर्किने भन्ने बारे भने कुनै सूचना नभएको इकान्तिपुरमा समाचार छ । श्रोतको हवाला दिइएपनि श्रोत कस्तो हो र के हो भन्नेबारे खुलाइएको छैन ।

कार्कीले दुबईमा रहदा दुबई मल पनि घुम्न गएको त्यहाँ कार्यरत नेपालीहरुले देखेको दाबी गरेका छन् ।

चार दिनको कार्यक्रमका लागि १० दिनको बिदा लिएर घटस्थापना अघि क्यानडा गएका कार्की हालसम्म देश बाहिर नै रहेका छन् । उनले राष्ट्रपति समक्ष थप १० दिनका लागि बिदा थप्न निवेदन दिएका थिए ।

यसैबीच सर्वोच्च अदालतको टोलीले कार्कीको घरमा उनको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेशको म्याद तामेल गरेको छ । दसैंअघि नै म्याद तामेल गर्न खोजे पनि पटक–पटकको अवरोध खेपेको सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउसो कार्कीको घरमा म्याद तामेल गरेको हो ।

मङ्लबार, कार्तिक २, २०७३ मा प्रकाशित

Read Full Discussion Thread for this article