Posted by: ktmpost October 10, 2016
पाँच सय ७२ वटा च्याङग्रालाई १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणका लागि लगिएको
Login in to Rate this Post:     1       ?         Liked by

Posted by
Nepali Tools on Friday, October 7, 2016

जनावरहरुको दशैमा हत्या काटमार गर्नु हुदैन भन्दै कसले लग्यो एक करोड मूल्य बराबरको च्याङग्रा ? 


भिडियो सौजन्य :ई-कान्तिपुर ||
काठमाडौं, २२ असोज । दसैंमा पशुबली रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले बुधबार भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघयाङ लगेको बताएका छन् ।

बुधबार पाँच सय ७२ वटा च्याङग्रालाई १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणका लागि लगिएको समूहकी छुल्टिम साङमो बज्राचार्यले बताइन् । १४ वटा कन्टेनरमा राखेर लगिएका च्याङग्रा तार्किघयाङको जीवन दानका लागि बनाएको ठाउँमा राखिएको उनको भनाई छ ।

‘गुरुको नाममा यस्तो काम गरेका हौ । बिगतमा थोरै कलेक्सन गथ्र्यौ,’ उनले भनिन्, ‘यसपाली फ्रि लाइफ एशोसियन भन्ने संस्था पनि सहभागि छ ।’ बुधबार झण्डै ६ सय च्याङग्रा लैजाने टोली शुक्रबार बिहान पुन: तीन सय च्याङग्रा किन्न सल्लाघारी पुगेका थिए । यसअघि १८ हजार प्रतिगोटा च्याङग्रा लगेकोमा व्यापारीहरुले शुक्रबार २० हजार मागेपछि उनीहरु बार्गेनिङ गरिरहेका थिए ।

‘तीन सय वटा च्याङग्रा लैजान सवारी साधनको व्यवस्था गरेर आएका थियौ । अस्ति १८ हजार लग्यौ । अहिले त २० हजार भनिरहेको छ,’ शुक्रबार सल्लाघारीमा भेटिएका उर्गेन जिग्मेले भने । सल्लाघारीमा दसैंका लागि च्यांग्रा किन्न आउने सर्वसाधारणले उनीहरुलाई कालो बजारी गरेको आरोप लगाएका थिए ।

विवाद बढेपछि टोली च्यांग्रा किन्न भन्दै कलंकी हानिएको थियो । सल्लाघारी चौरमा १४ हजार ५ सयमा किनेको च्याङग्रा त्यही काट्न थालेपछि ‘हिंसा गर्न हुँदैन’ भन्दै डोलकर लामासहितको समूहले ३० हजार दिएर काट्न रोकेका थिए । आफूले खरिद गरेको च्याङग्राको दोब्बरभन्दा बढी पैसा पाएपछि सर्वसाधरण पनि खुसी हुदै फर्किए ।

‘काटमार गर्न हँुदैन भनेर गएको ठाउँमा आफनै अगाडि काट्न लागेपछि महंगो रकम दिएको हो,’ डोलकरले भनिन् । लुगा र जुत्ता किन्ने पैसा जोगाएर हिंसा रोक्न ५० हजार रुपैयाँको च्याङग्रा किन्न आएको उनले बताइन् । तर, उनीहरुले जथाभावी मूल्य तिरेर च्यांग्राको भाउ बढाएको भन्दै च्यांग्रा किन्न पुगेका सर्वसाधरण भने आक्रोशित भएका थिए ।

झडप हुने अवस्था भएपछि सल्लाघारी चौरमा सुरक्षाका लागि प्रहरी समेत परिचालन गरिएको थियो । च्याङग्रा किनेर भ्याक्सिन लगाएर लैजाने तयारी साथ लामा टोली आएको थियो । धेरै अवधि बचाउन भ्याक्सिन लगाएर लैजाने गरेको उर्गेन जिग्मेले बताए । ‘यसअघि भ्याक्सिन नलगाउँदा धेरै च्यांग्रा मरे,’ उनले भने, ‘यसपाली पशु डाक्टरसहितको टोली लिएर आएका छौं ।’

उनले आफूहरुले ९ वर्षदेखि दसैंमा बिक्री गर्न ल्याएका खसी बोका खरिद गरेर लैजाने गरेको बताए । गत बर्ष ४३ लाख रुपैयाँको खसी, च्याङग्रा खरिद गरेर जीवन रक्षा गरेको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Video https://www.facebook.com/nepalitools/videos/vb.484197081680439/870831433017000/?type=3
Read Full Discussion Thread for this article