Posted by: lamjung September 23, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     0       ?        
भर्ना नगरी एकैदिनमा घर फर्कने सर्जरीलाइ अमेरिकाको "क्यान्सर अस्पताल" ? हाम्रा पूर्वराष्ट्रपति राववरण यादवको उपचार प्रसंग निकै चर्चित छ। यादवलाई प्रोस्टेड क्यान्सर छ । त्यो निर्मूल होस्, सबैको शुभकामना छ। तर, देशले उनीजतिका खर्च धान्ने ल्याकत भएका व्यक्तिको उपचारका खातिर ३ करोड रुपियाँ खर्चँदैछ। अमेरिकामा उपचार गरुन्जेल उनलाई दैनिक तीन सय अमेरिकी डलर र तीन जना सहयोगीलाई दैनिक १ सय ५० अमेरिकी डलर भत्ताको व्यवस्था गरिनेछ। यता, हप्तामा US$28 जुटाउन नसक्दा दोलखा मालुका मिर्गौलापीडित विजय खड्काले १९ वर्षको रहरलाग्दो उमेरमै अस्पतालको छतबाट फाल हालेर आत्महत्या गर्नुपरेको खबरले देशै तरंगित हुँदा पनि सरकारी अधिकारीको रौँ हल्लँदैन। पूर्वराष्ट्रपति यादवले प्रयोग गरिरहेको आवास सुविधा पनि कम रोचक छैन। उनी काठमाडौँमा सुविधासम्पन्न घर भएका व्यक्ति हुन्। निवर्तमान हुनासाथ सरकारले उनलाई आवासको व्यवस्था गर्‍यो। त्यसमा अनेक असुविधा भएका गुनासा सुनिए। गुनासा गर्ने ठाउँ नराख्दा राम्रै हुन्थ्यो। तर आफ्नो शानदार महल हुँदाहुँदै सरकारले दिएकै घरमै बस्नु कति नैतिक होला? राजनीतिको प्राण नैतिकता हो भनिन्छ। यो बाध्यकारी होइन, जीवनशैलीमा अपनाउने कुरा हो। राष्ट्रको सम्पत्तिमा त्यत्रा बगाल सल्लाहकार पालेका व्यक्तिलाई यस्तो कुरा हामीले सम्झाउनुपर्ने हो? http://www.nagariknews.com/news/6073
Read Full Discussion Thread for this article