Posted by: Sajha Info September 22, 2016
Introducing the beautiful Shiwani Bishwokarma
Login in to Rate this Post:     1       ?         Liked by
https://www.youtube.com/watch?v=YkamiZmGJ58


सेल्फी गर्ल टीका प्रसाईं भन्छिन 'परें माया जालैमा' [भीडियो हेर्नुहोस्]

परें माया जालैमा' गायिका टीका प्रसाईंको गीत सार्वजनिक [भीडियो हेर्नुहोस्]

गायिका टीका प्रसाईंको नयाँ गीत 'परें माया जालैमा' को भीडियो सार्वजनिक भएको छ । जसमा शब्द तथा संगित उदय सोतांगको रहेको छ । गायिका प्रसाईंको 'मेलोडी' एल्बममा समावेश यस गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । जसमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले भिडियो निर्देशन गरेका हुन् ।

'सेल्फी को जमाना' गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको 'तिमी भन्छौ भने', 'नतोडन ती बाचाहरु' लगाएत अरु धेरै चर्चित गीतहरु यस अघि नै सार्वजनिक भइसकेका छन् भने एक सय बढी गीतहरु रेकर्ड भइ सकेका छन्। जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक गीत 'तिमी मलाई मन पर्छ'ले अत्यधिक सफलता पाएको छ। नेपाली गीत-संगीतमा गायिका प्रसाईं एक उदियमान कलाकार हुन्।
Read Full Discussion Thread for this article