Posted by: StatusPidit August 26, 2016
TPS extension - tanaab :(
Login in to Rate this Post:     0       ?        
नमस्कार दाजुभाई तथा दिदी बहिनीहरु।

आज बिहान निक्कै तनाबमा उठियो। कारण, हिजो राती employer को automated system ले email पठायो "तेरो work authorization December 24 सम्म मात्र रहेछ, छिटो update गर् नत्र employment termination हुन्छ" भनेर। अब मेरो screen name ले नै सबैलाई थाहा भैसक्यो होला म कत्तिको पिडित् मान्छे हो भनेर। दिक्क लाग्छ कहिले काहिँ एत्ती धेरैको कागज बनि सक्दा पनि आफ्नो चाँजो पाँजो छैन। त्यही TPS ले गर्दा OPT छोडेर त्यसमा काम गर्दैछु। अब यो पनि कहिले extend हुने हो कि नहुने हो केहि अत्तो-पत्तो छैन। करिब् ४ वर्ष नाघ्यो यो IT मा काम गर्न थालेको। पैसा पनि राम्रै कमाइयो। न त H1B पर्‍यो, न त कसैले EB2 नै apply गरिदियो, न त EDV नै पर्‍यो। Asylum पनि try नगरेको कहाँ हो र? त्यो नि परेन। भाको girlfriend सँग नि बिछोड भाको करीब १ वर्ष भयो। अब यस् लाई कर्मले ठगेको भन्दा अतियुक्ती होला र? आफन्तले ताना मार्छन् "Green Card भाको केटी खोजी दिन्छौ, बिहे गर्" भनेर। अब लगनगाँठो जस्तो कुरो त्यै हरियो पत्ता कै लागि गर्ने हो र? यत्तिको qualified छु, अब आएर त्यसैका लागि घरजम गरेर बस्नु? स्वाभिमानि मान्छे, मनले मान्दैन। तनाब छ हजुर, निक्कै तनाब छ।

साथी हरु, के यो TPS extend होला त? भए पनि कहिले सम्ममा notice पठाउला त USCIS ले? केही जानकारि छ कि यहाँहरु सँग? कृपया सहयोग गरिदिनु पर्‍यो यदि छ भने।

जय् नेपाल !!!
Last edited: 26-Aug-16 03:36 PM
Last edited: 31-Aug-16 06:14 PM
Read Full Discussion Thread for this article