Posted by: ThahaChaena August 16, 2016
मेरो नेपाल मा ब्याण्ड बज्यो (अन्तिम भाग)
Login in to Rate this Post:     0       ?        
भित्रिकट्टु मित्र,

बिवाहको धेरै बधाई र सुमधुर भविष्यको शुभकामना . मित्रको रसिलो तर अलिक आगोको फिलिंगो(भाषा र शब्दले भत्भति पोल्छ भन्या पढेसी) जस्तो लेखाइको के प्रसंसा गरम खै . पढुन्जेल निक्कै मज्जा लाग्छ अनि सक्किये पछि चैं लु अब गंगाजलले मन-मुख पखालूं -पखालूं लाग्छ . बन्धुको 'पोकेमन'को नयाँ परिभाषाले चैं खुंखार हँसायो . जति बुट्टा भरेर, कल्पना छरेर, स्वबिवेचना व स्वप्रसंसा हालेर लेखिए पनि पढ्न चै मज्जा आउने भन्या तिम्रो लेखाइ .

लु अब मुग्लान फर्क्यौ क्यार, मुतुनोमा संयमताका साथ् जीवन अगि बढाउनु क्यार, जीवनको सरलता र मज्जा नभुलीकन. फेरी पनि बधाई/शुभकामना है

- थाहा छैन
Read Full Discussion Thread for this article