Posted by: _____ August 7, 2016
Gaurika Singh - Youngest swimmer in Rio Olmypic '16 - Nepali or British
Login in to Rate this Post:     0       ?        

नेपालको जितुसँग भारतको आशा

















ब्राजिलमा भइरहेको रियो ओलम्पिकमा नेपालको तर्फबाट सात जना खेलाडीले खेल्दैछन् । तर नेपाली मुलका समेत खेलाडी गन्ने हो भने ब्राजिलमा आठ जना खेलाडी खेल्दैछन् । भारतको तर्फबाट नेपालका जितु राईले दुई वटा प्रतिष्पर्धामा भिड्दैछन् । उनी संखुवासभामा जन्मेर अहिले भारतीय सेनामा कार्यरत छन् । उनको परिवार भने सुनसरीको इटहरीमा बस्छ ।
 
पेस्तोल सुटिङका गोल्ड मेडलिस्ट राईले यो ओलम्पिकमा दुई वटा प्रतिष्पर्धामा सहभागिता जनाएका छन् । दुई वटा प्रतिष्पर्धा मध्ये १० मिटर एअर पेस्तोलमा सफलता हाँसिल गर्न सकेनन् । उनले आठौं स्थान हाँसिल गरे । तर उनलाई पदक दिलाउन सक्ने अर्को प्रतिष्पर्धा बाँकी नै छ । 
 
राई ५० मिटर एअर पेस्तोल इभेन्टअन्तर्गत विश्व वरीयतामा दोस्रो नम्बरमा पर्छन् । १० मिटर पेस्तोलमा भने उनी तेस्रो नम्बरमा छन् । आफ्नो खेल जीवनको निकै छोटो अवधिमा यो उचाइ प्राप्त गरेका राईलाई यो ओलम्पिकमा पदक जित्ने प्रमुख दावेदारका रुपमा भारतले लिएको छ । उनले ५० मिटर पेस्तोलतर्फको प्रतिष्पर्धामा बुधबार भाग लिँदैछन् ।
 
२९ वर्षे राईले सुटिङको विश्वकप, कमनवेल्थ गेम र एसियाडमा गरेर दुई वटा स्वर्ण, तीन वटा रजत तथा एउटा काँस्य जितेका थिए । अघिल्लो एसियाडमा राईले गोल्ड मेडल जित्दा नेपालका खेलाडीले सम्पूर्ण प्रतिष्पर्धाबाट जम्मा एक काँस्यमा चित्त बुझाएका थिए ।
 
बुवाबाट प्रेरित जितु १० वर्षअघि भारतीय सेनाको ११ औं गोर्खा रेजिमेन्टमा भर्ती भएका थिए । राईले कक्षा १० सम्मको मात्र अध्ययन गरेका छन् । तर उनको सुटिङ खुबीलाई ध्यानमा राखेर सेनाका अधिकारीहरुले उनलाई खेलमा पठाए । छोटो समयमै दुर्लभ उपलब्धी हाँसिल गरेका उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट सन् २०१४ मा मात्रै भारतलाई सात पदक दिलाए । 
 
खेलमा पाएको उपलब्धीकै कारण उनी पछिल्लो दुई वर्षमा दुई पटक बढुवा भएका थिए । अहिले उनी सेनामा नायव सुबेदार पदमा छन् । उनलाई भारतीय सेनाले विभिन्न देशहरुमा अभ्यासको लागि पठाउने गरेको छ ।
 
राईले यो ओलम्पिकमा पदक जित्नेमा इटहरी ३ निवासी उनको परिवार पनि आशावादी छ । 
 
राईले नेपाली सुटिङलाई पनि राम्रोसँग नियालेका छन् । दुई वर्षअघि आफ्नो बन्दै गरेको घर आएका उनले मौका मिलेमा नेपाली खेलाडीलाई पनि सिकाउने बताएका थिए । उनले एसियाडअघि नेपाली खेलाडीलाई सुटिङमा प्रयोग हुने १० डिब्बा एमुनेसन नेपाल पठाएर सहयोग गरेका थिए ।
 http://setopati.com/khel/51045/
Read Full Discussion Thread for this article