Posted by: magorkhe1 July 10, 2016
काममा जानु अघी एक दिएको नि !
Login in to Rate this Post:     0       ?        

श्रीमतीले भनिन तिम्रो कजन त cloud 9 मा छन नि ? यदा कदा श्रीमतीजिले फेस्बूकका कुरा सुनाउछिन | मैले cloud 9 सँग मिल्ने "कुईराको काग भनेको हो"  भनी सोधे ? उनले  काम मा जानु अघी एक दिएर गएको नि भनी कमेन्ट गरेका रहेछन |
यो सुन्ना साथ  दिमागले पुरानो फोहोर कुरा सम्झियो | कुनै जिल्ला न्यायाधिस काम मा जानु अघी एक दिएर जान्थ्यो भनी अर्को न्यायाधिस को छोराले भनेको कुरा सम्झन पुगे | फ्रायडले तेसै भनेका होईनन मान्छेको दिमागमा "सेक्सको सोचाइ" सबैभन्दा धेरै आउछ | दिमाग पनि कहिले काही पुराना Gramophone जस्तो एकलाइन बाट अर्को लाइन पुग्ने | मेरा जनै धारण् गराउने गुरुको कुरा ल्याउदा उपयुक्त नै होला कि ? नत्र यो गोर्खेले कुरा आग्रा बाट गाग्रा तिर पुर्याउछ भन्लान ? सन्स्क्रित पाठशालामा हुँदा उन्का एक मित्र जोसिले परिक्षामा घोडाको निबन्ध लेख्दा कुनै जर्नेलले चढने घोडाको पुच्छर नभएको देखी राख्ने , लेख्न पुगेछ " घोडा ठुटे पुच्छरको हुन्छ" | ठ्याक्कै मेरो दिमागले पनि एक दिएर काममा गएको नि भन्दा न्यायाधिसले एक दिएर गएको सम्झे |
उनी Cloud 9 मा छन अनी पुरै साता हरेक दिन काममा जानु अघी एक सेल्फी दिएर जादा रहेछन | अनी कमेन्ट्मा हाकिम जस्तै देखिएका छौ लेख्न पुगेका र हरेक सेल्फिलाई लाइक पनि मनग्यै थिए |
Last edited: 11-Jul-16 12:47 PM
Read Full Discussion Thread for this article