Posted by: nozzs June 24, 2016
#एक जमाना थियो
Login in to Rate this Post:     0       ?        
एक जमाना थियो- सपनामा बारिको कान्ला, बाटो नजिकको झाडी झ्याङमा पिसाब गरेको देखिन्थ्यो तर पत्तै नपाई बिस्तरा मै तातो हुनि गरि सुइकी सक्या हुन्थ्यो अनि एकछिन पछि तेइ तातो मुत चिसो भर रात भर निन्द्रा लाग्दैन थियो। फेरि बिहान हुदा सम्म त्यो ओछ्यान नसुकेर, बल गरि गरि थिचेर बसिन्थ्यो तर स्कुल जानी बेला सम्मै मरि गये सुके पो। आमाले जबर्जस्ती उथौन आउँदा पो लाज त अनि घर थर्किनी गरि गर्नु हुने गाली फेरि साथी भाइले थाहा पौनी डर। उफ! अहिले सम्जिदा पनि लाज लग्छ हौ।
पूरा बिहान बेडमा बस्दा होमवर्क नि गर्न नपाको, आमाको रीस्ले ननुहाइ दिनि अनि स्कुल जान्न भनी रोयो। के को मुक्ती मिल्नु। तेइ मुत गनाको जिउ अनि कट्टु लगार तान्दै स्कुल पुरौनी। अहिले सम्जिदा पो रमाइलो त तेति बेला त थुलो पिडा थियो हजुर पिडा ।। ;D
Read Full Discussion Thread for this article