Posted by: sajha onion June 21, 2016
स्त्री रोग बिशेस्यग्य भनि कैयौं महिलाहरुका गुप्ताङ्गसंग खेलबाड गरेको आरोपमा नक्कली डाक्टर पक्राउ
Login in to Rate this Post:     0       ?        
काठमाडौँ, नेपाल

हालसालै अपरेसन कुवाकका अन्तर्गत उपत्येकामा च्याउ जस्तै उम्रेका क्लिनिकहरु र चिकित्सकहरु माथि छानबिनको दौरान धेरै भन्दा धेरै नक्कली डिग्री भएका जाली डाक्टरहरुलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएका छन् |

यसै बीच उपत्यकाका महिला संघले यस्तो जालझेल गरि धेरै महिलाका गुप्ताङ्ग संग खेलबाड गर्ने डाक्टरहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने माग गरेका छन् | यस्ता ढोंगी डाक्टरहरुको शिकार हुन पुगेका कैयौं महिलाहरु एवंम जवान केटीहरुले आफ्नो गुप्ताङ्ग र आफ्नो कुमारीत्वसंग समेत खेलबाड गरेको दाबि गरेका छन् | यस्तै डाक्टरहरुको चक्करमा फंसेर यौन उत्तेजना गरि यी नक्कली डाक्टरहरुले धेरैको कुमारीत्व समेत लुटेको र बिबसमा परेर बिबाह समेत गर्न परेको समाचारमा आएको छ |

यस्ता यौनजन्य अपराधीहरुलाई के कस्तो दण्ड दिने भनेर पांच दिने गोष्ठीको आयोजना गरिने पुस्टि भएको छ | समाचार अनुसार एक जमात विश्वसनिय डाक्टरहरु र एक जमात कानुन विज्ञहरुको संयोजनमा निर्णय हुने बताइएकोछ |
Read Full Discussion Thread for this article