Posted by: magorkhe1 June 18, 2016
अलक्षिनाताको सुरुवात
Login in to Rate this Post:     1       ?         Liked by
टिपन टापन
आज दिन पनि रमाइलो थियो लुजियाना बाट ल्याएको " Slap yo Mama " मसलामा घडीचरो को सेकुवा पनि खाइयो | खर्बुजा काटेको chopping बोर्ड चै उल्टा भयो रे भनेर गृहलक्ष्मी को गुनासो फेरी सुन्नु पर्‍यो | यो मुला chopping बोर्ड को एक साईड कार्विङ गरेको चै सुल्टा रे अनी अर्को साइड plain  चै उल्टा हो रे | जती पल्ट् उल्टा सुल्टाको भाषाण सुने पनि केही काट्नु पर्‍यो भने उत्ल्टा सुल्टाको कुरा दिमागमा आउँदैन | काटेर छोड्यो कि सुरु हुन्छ लक्षिन र अलक्षिन भित्र्याउने भाषाण | यो मेरो मात्र हो कि तपाईं हरुको घरमा पनि उल्ता सुल्टा कुरा कानी उठछन ?
जती पल्ट् उल्तो र सुल्टो को भाषाण सुन्छु तेतिनै पल्ट् भोली Walmart बाट एउटा उल्टो र सुल्टो नहुने चपिङ बोर्ड ल्याउछु भन्ने कुरा पनि छेपाराको कथा जस्तै हुन पुगेको छ (छेपारोको कथा नसुनेका हरुले बा आमालाई सोध्दा बेस होला )  | विवाहित र गल्फ्रेन्ड हुने हरु : सहबास् पछी कती उल्टो कट्टु लागाईयो को कुनै हिसाब किताब राख्नु भएको छ ? 
तेसो भए त धेरै जस्तो सहबासको रातले अलक्षिन भित्राए त ?

टोइलेतमा हावा भरियो | 

मान्छेले हावा भरियो भन्ने कुरा दैनिक सुनिएको र भोगिएका कुरा हुन| अचम्म मान्नु होला यो गोर्खेको काम छैन जे पायो तेही बकबासी कुरा लेखी बस्छ, | यो हावा भरिने काम त्यो पनि Toilet लाई भन्ने कुरा चै हावादारिनै हुन कस्ता कस्ता मान्छे छिर्छन साझामा:  भन्ने को कमी हुँदैन होला ? 

घर छ भनेर इर्श्या गर्नु होला | घर भए पछी पाइने दु:ख त्यो मेरो जन्तरे भाईले अमेरिका आएर पाएको दु:ख पाए भन्दा ठुला दु:ख हुन | खुचचिङ् भने हुन्छ |  दु:ख कती बेहोर्नु पर्छ त्यो चाँही कती बर्ष पुरानो घर किन्नु भएको छ  तेस्मा भर पर्छ | मुला बसाइ छ अमेरिकाको को एक घन्टी ठोके पछी आउछ बनाउछ जान्छ केको गन्थन भन्नु होला | मित्र हो  पुरानो खटारा रेडियो , साइकल, मोटर साइकल , कार किन्नु भएको छ ? किन्नु भएको भए बियर झुन्ड्याएर सान्त्वना दिन आउनु हुन्थ्यो | डेराको बसाइ क्या आनन्ददायी , केही तलमाथी हुन पाको छैन घन्टी ठोके पछी कोही आउछ ठोक ठाक गर्छ जान्छ | तेस्ले भर्ने बिलमा तपाईंको आँखा कहिलै पुग्दैन | हामीले घन्टी ठोक्नु अघी क्रेडिट कार्ड वा चेकबूक तयार पार्नु पर्छ  | हामीहरुले आफुलाई चिनाउनु पर्दा स्वाभिमानी , अभिमानी र अ-स्वबलम्बी (परालम्बि?)भन्दा फरक नपर्ला ? घरमा बत्ती फ्युज भए भने मान्छे बोलाउछौ हैन त ? घर किनेर पाइेको दु:खले घर हुनु को खुशीलाई बिस्थापित गरेको छ  अनी ठोक ठाके याने स्वबिलम्बी बन्नु परेको छ | फ्लस गर्दा बढी आवाज आएको complain गरेका थिए, केही ठोक ठाक र प्लन्जरले मार  धुलाइ पनि गरेको थिए | आज त एती ठुलो आवाज मात्र गरेको हैन घर नै थथर्कियो | मस्त सुताइमा परेको बेला परेको भए फेरी नेपालमा भुचालो आएको बेला ठोक ठोक भन्दै उठेको झै उठिन्थ्यो होला ?  
 भोलिको खोज अनी  मर्मत सम्हार को बिसय टोइलेटमा भरिएको हावा छ | लौ साथी हो हावा मान्छे लाई मात्र भरिने हैन टोइलेटलाई पनि भरिदो रहेछ | जानकारीमा राखी राख्नुस्, घर किन्नु भए पछी  कही कतै तपाईंको टोइलेटलाई हावा भरिए साझा सम्झनु होला |
Last edited: 18-Jun-16 10:04 PM

Last edited: 18-Jun-16 11:23 PM
Read Full Discussion Thread for this article