Posted by: nozzs June 18, 2016
१०० रु. मा पढाउने स्कुलको सफलता !
Login in to Rate this Post:     0       ?        
उत्तम सञ्जेल
निरन्तररूपमा असोचनिय काम गरेर देखाउने नेपाली

यो पटक उनका स्कूलहरूको SLC को नतिजा सुनेपछि मैले भनेँ, "तपाईंले त गजबै गर्नुहुन्छ बा...!"

उनले भने: "जिम्मा लिएपछि दायित्व निर्वाह गर्नु परेन? नेताहरूले त्यही नगर्दा देश विग्रिसक्यो!" कुरा सही हो तर नेपालमा त्यसरी सोचिदिने 'जिम्मेवार' व्यक्तिहरू धेरै कम छन्।

खासगरी न्यून आय भएका विद्यार्थीलाई रू १०० मा पढाउने समता शिक्षा निकेतनले हरेक वर्ष SLC मा बबाल गर्छ। यसपटक १६ वटा समता स्कूलबाट ८७५ जनाले SLC दिएका थिए, नतिजा यस्तो आयो:

A+: 106
A : 443
B+: 216
B : 103
C+: 7

उत्तम सञ्जेलजी, तपाईंलाई जति नमन गरे पनि त्यो अपर्याप्त हुन्छ। देशका विभिन्न ठाउँमा स्थापित ४० वटा स्कूलमा रू १०० मा ४० हजार विद्यार्थी पढाउने, SLC मा वर्षैपिच्छे उत्कृष्ट नतिजा लेराउने, अझ रू १०० मात्र तिरे पुग्ने अस्पताल नै चलाउने! यो सामान्य मानिसले गर्न सक्ने काम नै होइन। तपाईंलाई मेरो मात्र होइन, यो सन्देश पढ्ने सबै पाठकको शुभकामना मिल्नेछ भन्नेमा म विश्वस्त छु।

रबिन्द्र मिश्र
Read Full Discussion Thread for this article