Posted by: cybernepali June 14, 2016
अध्यक्ष मीना सिंह खड्का गेट कलेजबाट 'जिम्मेवारीमुक्त'
Login in to Rate this Post:     0       ?        

अध्यक्ष मीना सिंह खड्का गेट कलेजबाट 'जिम्मेवारीमुक्त'

काठमाडौं–गोलोवल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी (गेट) कलेजकी अध्यक्ष मीना सिंह खड्का कलेजको जिम्मेवारीबाट मुक्त हुने भएकी छन्।

खड्काको बारेमा नागरिकन्युज र माइरिपब्लिकामा समाचार प्रकाशित भएपछि तत्कालै कलेजले आफ्नो वोवसाइटबाट अध्यक्ष खड्काको विवरण हटाएको छ।

सोमबारसम्म कलेजको वेवसाइटमा अध्यक्ष र वोर्ड मेम्बरमा उनको विवरण राखिएको थियो। समाचार पछि दुबै ठाउँबाट उनको नाम हटाइएको कलेजले जनाएको छ।

'हामी वहाँबारे छिट्टै औपचारिक निर्णयमा पुग्नेछौं,' कलेजका संस्थापक प्रमुख कार्यकारी अधिकृत खेम लेकाईले भने 'वहाँले कलेजमा पेस गरेको बायोडाटामा उल्लेख भएअनुसारको योग्यताका प्रमाणहरु बुझाउन सक्नु भएन।' विश्वाँसका आधारमा खड्कालाई अध्यक्ष पदमा नियुक्त गरिएको तर अहिले आएर यथार्थ थाह लागेको उनले बताए। कलेजको बोर्ड बैठकबाट यसबारे आधिकारिक निर्णय हुने उनले बताए।

GAT

गेट कलेजको वेवसाइटमा सोमबार देखिएको (माथिको) फोटो र मंगलबारको अवस्था तल्लो फोटो ।

last one

 

- See more at: http://nagariknews.com/main-story/story/77955.html#sthash.KJpUgcns.dpuf
Read Full Discussion Thread for this article