Posted by: cornelluniversity June 12, 2016
नेत्री शैलजाको योगदानबारे चर्चा
Login in to Rate this Post:     0       ?        

 नेत्री शैलजा आचार्यको सातौँ स्मृति दिवशका अवसरमा कृष्णप्रसाद कोइराला तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका तीन जनालाई सम्मान गरेको छ ।

मोरङको शिसवनीमा शनिबार साँझ आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा प्रजातन्त्र सेनानी तोलेन्द्रमानसिंह प्रधान, समाजसेवी सुरेश शर्मा, प्रजातान्त्रिक यौद्धा उमा शर्मा रहनुभएको छ । 
कार्यक्रममा समाजसेवी मोहनलाल महतो र गुठीकी अध्यक्ष मीता आचार्य, सो क्षेत्रबाट निर्वाचित सांसद अमृत अर्यालले प्रजातान्त्रिक आन्दोलनका क्रममा नेत्री आचार्यले गर्नु भएको योगदानको चर्चा गर्दै उहाँको निष्ठा र आर्दशको मार्गमा चल्नु पर्ने धारणा राख्नु भयो । 
निर्वाचनको प्रबन्ध मिलाउन आग्रह

नयाँ संविधानको व्यवस्थाअनुसार निर्वाचनको प्रबन्ध मिलाउन प्रधानमन्त्रीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आग्रह गर्नुभएको छ । मोरङको केरौन गाविसको भौसाबारीमा शनिबार साँझ सम्पन्न ज्येष्ठ क्रियाशील नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीले एमालेको मात्र नेता भएर भाषण गर्दै हिँडेकाले प्रधानमन्त्रीको रवैया ठीक नभएको बताउनुभयो ।

नेपाली काँग्रेसले देशमा आएको सबै परिवर्तन ल्याएको दाबी गर्दै उहाँले अबको निर्वाचनमा प्रतिपक्षमा रहेर नेपाली काँग्रेसले नै पहिलो पार्टी हुने दाबी गर्नुभयो । 
उहाँले कार्यक्रममा पार्टीभित्र क्रियाशील १६ जना ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो 

Read Full Discussion Thread for this article