Posted by: magorkhe1 June 10, 2016
ह्याकुलाको सेकुवा ?
Login in to Rate this Post:     0       ?        
अनुपजी ले बेला बेलामा पकवान बारे पोस्ट गर्नु हुन्थ्यो : ब्यस्त हुनु भयो वा पोस्ट गर्ने बिषय बस्तुहरु बाँकी नरहेका हुन , आज भोली नयाँ धागो देखिएको छैन |? चटामरी बनाउन राहुलभाइले रेसिपी दिनु भएको थियो भने अनुपजिले चामल र रेगुलर पिठो मिसाउनु भएको युट्युब हेरे पछी बनाउन सजिलो भएको छ |  नेपालमा हुँदा  ह्याकुलाको मासु पाउन बगरेलाई चाकडी गर्नु पर्छ भन्थे |यस्मा बोसो भएको कारणले हो कि के ले हो  स्वादिलो पनि हुन्छ | अझै  मन मस्तिस्क बाट एस्को स्वाद हटेको रहेनछ | एक दिन  टुक्रा बनाइ राखेको ह्याकुला  किनियो |  मरमसाला हालेर एक रात राखी सेकुवा पनि बनाइयो | तर भनेको जस्तो स्वाद आएन |

 



Last edited: 25-Aug-16 10:03 AM
Read Full Discussion Thread for this article