Posted by: yadavanu May 31, 2016
आखिर के हो मेरो पहिचान ?
Login in to Rate this Post:     3       ?         Liked by
कसैले तपाईं लाई मर्सिया, भैया, भोटे, टुप्पी, टपरी बाजे, ज्यापू , काले, धोती, भेले आदि भनेर रंगभेद र दुर्व्यवहार गर्छ भने त्यो तपाइको समस्या होइन त्यो त सोच्ने र भन्ने मान्छे को संक्रिण सोचाई र कमजोरी हो । कुनै जमाना मा हाम्रै देश नेपालमा मनु मखु, मर्स्या ख:, अर्थात् ‘मान्छे हैन, मधिसे हो भन्ने गरिन्थ्यो । आज आएर यहि देश मा मधिसे मूलका डा राम बरण यादव प्रथम रास्ट्रपति बन्नु भयो, भोली जो कुनै पनी रास्ट्रपति बन्न सक्छ ।

म मधेसमा जन्मे । कालो छु, कसैको नाक थेप्चो छ, कसैको नाक चुच्चो छ, कसैको आँखा चिम्सो छ, कसैले ट ट गरेर बोल्छ । कालो बर्ण, चुच्चे नाक, थेप्चो नाक, चिम्सो आँखा त प्लासटिक सर्जरी गरेर परिबर्तन होला तर तपाइको विचार, सोच र शैली लाई के गर्ने ? नेपालमा अहिले १२५ भन्दा धेरै जनजाति छन् भने करिब १ सय १० भन्दा बढी भाषाभाषी छन्। अनेकतामा एकता र एकतामा अनेकता नै नेपालीको विशेषता हो । हाम्रो देश बहुसंस्कृतिको धनी देश मानिन्छ जसको मिश्रणले नेपाली संस्कृति बनेको छ।

पहिचानका लागि लड्ने हो भने म त मिथिला बासी हुँ । सबै तराई बासी मिथिला होइनन । आधा भन्दा बढी मिथिला बासी इंडिया मा छन् । अब भन्नुहोस म मेरो पहिचान को लागि नेपाल संग लंडू वा इंडिया संग लंडू? पहिचान कै लागि संघर्ष गर्ने हो भने त मेरो पहिचान मिथिला र मैथिलीबाट मात्रै झल्किन्छ, अरूबाट झल्किँदैन । त्यसैले भाषा, संस्कृति, रहनसहन, धर्म, सामाजिक सम्बन्ध लाई राजनीतिक रंग दिनहुदैन । जातीय विभेदी मानसिकताको अशोभनीय चिन्तन लाई चांडो भन्दा चांडो अन्त गरौं नत्र यसले बिनास निम्त्याउछ, समाजिक दोन्द बढाउछ , देश शक्तिहीन बनाउछ ।

केही निहित स्वार्थ का लागि देश तथा जनता को बली नचडाउ । नेपाली भन्न सिक्नु भन्दा स्वाभिमानी नेपाली बन्न सिकौ । अब हामी ले हिड्ने बाटो लामो छ, उकालो छ, अपठ्यारो छ, अत्यासलाग्दो छ तर हामी सबै मिलेर हिड्ने हो भने एक दिन गन्तब्य मा पुग्न अबश्य सफल भइन्छ ।

Last edited: 31-May-16 09:25 AM
Read Full Discussion Thread for this article