Posted by: shivanatarajan April 25, 2016
तपाईहरुले पैसा तिरेर कहिल्यै रुनु भएको छ ?
Login in to Rate this Post:     0       ?        
कसैले पनि सितीमिती रुनलाई पैसा तिर्दैन । तर अहिले चर्चामा रहेको नेपाली चलचित्र "प्रेम गीत" को न्युयोर्क शोमा चलचित्र हेरेका अधिकांशले आँखा रसाएको बताए । 
अरुको के कुरा ! मेरो पनि पटक पटक आँखा भिजेकै थियो । रुनको लागि पो १५ डलरको टिकेट किनेको जस्तो लाग्यो !
वास्तबमा चलचि्त्रले दर्शकलाई भावनामा बाँध्न सक्नु उसको सफल्ता हो । 
त्यो सफल्ता "प्रेम गीत" लाई मिलेको छ भन्न सकिन्छ । किन कि यसले हसाउँछ पनि रुवाउँछ पनि । अनि कहिले कहिं रिस पनि उठाउँछ । 
यस्तो चलचित्र न्युयोर्कका हलमै देखाउँने आँटिलो आयोजक निस्के भने अहिले नै मेरो एउटा टिकेट बुकिङको घोषणा ! 
राम्रा नेपाली चलचित्रलाई राम्रै हलमा बसेर नेपालीले हेर्नै नपाउँने !?
Read Full Discussion Thread for this article