Posted by: shivanatarajan April 24, 2016
क्याराभान नायक थिन्लेको घोडासँगै लडेर मृत्यु
Login in to Rate this Post:     0       ?        

‘क्याराभान’का नायक थिन्ले लुण्डुप लामाको डोल्पा फोक्सुण्डो गाविसको छेप्कामा घोडाबाट लडेर आइतबार मृत्यु भएको छ ।
   
बिहान उनी दुनैबाट घर साल्दाङतर्फ हिडेका थिए । उनी अभिनित फिल्म क्याराभान ओस्कारसम्म पुगेको थियो । ७२ वर्षीय थिन्ले चढेको घोडालाई खच्चरले धकेलेपछि उनी भीरबाट खसेको स्थानीयले बताएका छन् । भीरबाट खसेको केहीबेरपछि उनको मृत्यु भएको डोल्पाका प्रहरी नायव उपरीक्षक ध्रुवराज राउतले बताए ।

थिन्लेको शव ल्याउन आइतबार ढिलो भएकोले हेलिकोप्टर मगाउन नसकिएकाले सोमवार बोकेरै दुनै ल्याउने वा हेलिबाट ल्याउने दुनैस्थित उनका घरबेटी रामकृष्ण रेग्मीले बताए ।




Read Full Discussion Thread for this article