Posted by: metta April 23, 2016
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
प्रमुख आयुक्तमा लोकमानसिंह कार्की नियुक्त भएदेखि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सधैँ विवादको घेरामा छ। करोडौं भ्रस्टाचारमा संलग्न भएको भनेर संसदीय समिति र फिफाले कारवाही गरेका गणेश थापाको उजुरी कार्कीले थन्क्याएका छन्। एनसेलको सञ्चालक कम्पनी टेलिसोनेराले राज्यलाई ३० अर्ब रुपैयाँभन्दा बढी कर नतिरी कम्पनी बिक्री गर्दा अख्तियार माैन छ। 
http://nagariknews.com/main-story/story/67771.html

थापाको अपिल अस्वीकार


वैशाख ११, २०७३- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि लागेको १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयांकको कारबाहीविरुद्ध गरेको अपिल अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार अस्वीकार गरिदिएको छ ।

लगातार २१ वर्ष एन्फा अध्यक्ष रहेका थापालाई फिफाको इथिक्स कमिटीले २९ कात्तिकमा उक्त कारबाही गरेको थियो । त्यसविरुद्ध थापा फिफाको अपिल कमिटीमा पुगेका थिए । तर उनको अपिल शुक्रबार अस्वीकार गरिएको हो । अपिल कमिटीको उक्त निर्णयसँगै एन्फामा अध्यक्षको निर्वाचनका लागि ढोका खुलेको छ । अपिल कमिटीको त्यस निर्णयले निराश पारेको विज्ञप्तिमार्फत थापाले जनाएका छन् । उनले तटस्थ अदालत (कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स) मा जाने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनलाई संसदो सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ बढी अनियमितता गरेको ठहर गरे पनि त्यसको अनुसन्धानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखिएको थियो । यसबीच उनी राप्रपा नेपालको कोटामा संविधानसभाको सदस्य पनि भए । त्यसपछि फिफाको इथिक्स कमिटीले उनलाई फुटबल गतिविधिबाट १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयांक (२१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय गरेको थियो ।

सन् २०११ मा एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति र २००९ मा सम्पन्न फिफा कार्यसमितिको निर्वाचनमा घूस लिएको भन्दै थापालाई इथिक्स कमिटीले प्रतिबन्ध लगाएको थियो । एएफसीका पूर्वउपाध्यक्षसमेत रहेका थापाले निर्वाचनका बेला व्यक्तिगत र पारिवारिक फाइदाका लागि अर्का फुटबल पदाधिकारीबाट पैसा लिनेलगायत वर्षौंसम्म पदीय मर्यादाविपरीत विभिन्न गतिविधि गरेको इथिक्स कमिटीले ठहर गरेको थियो ।

उनले फिफाको आचारसंहिताका ६ बुँदा उल्लंघन गरेको पनि फिफाले जनाएको छ । थापाले फिफा आचारसंहिताको धारा १३ (सामान्य आचारसंहिता), धारा १५( पक्षधरता), धारा १८ (गोपनीयता भंग), धारा १९ (स्वार्थको द्वन्द्व), धारा २० (उपहार र अन्य फाइदा लिएको) र धारा २१ (घूस लिएको) विरुद्ध काम गरेको अनुसन्धानले ठहर गरेको थियो । घरेलु र अन्तर्राष्ट्रिय रूपमा आलोचित भएपछि थापालाई फिफाले गत वर्ष दुइपल्ट (१२० दिन र ९० दिन) फुटबल गतिविधिबाट अलग्याएको थियो ।

एएफसीका तत्कालीन अध्यक्ष तथा फिफा अध्यक्षको उम्मेदवार मोहम्मद बिन हमामबाट थापाका छोरा गौरव थापाको खातामा १ लाख अमेरिकी डलर जम्मा भएको देखिएपछि फिफाले गणेश थापामाथि चार वर्षअघि अनुसन्धान थालेको थियो । कतारलाई विश्वकप २०२२ को आयोजक चयन गर्न मुख्य भूमिका निभाएका बिन हमामको कम्पनीबाट थापा आफैंले १ लाख १५ हजार डलर लिएको बेलायती अखबार सन्डे टाइम्सले गत वर्ष रहस्य खोलेको थियो ।

फिफा अध्यक्षको निर्वाचनको दौरान मतदातालाई घूस दिएको भेटिएपछि आजीवन प्रतिबन्धमा परेका बिन हमाम र भ्रष्टाचारकै आरोपमा आजीवन प्रतिबन्धित फिफाका पूर्वसदस्य मणिलाल फर्नान्डोसँग अहिले पनि घनिष्ट सम्बन्ध रहेको थापा आफैंले बताउँदै आएका छन् । २०५१ चैतमा थापाले एन्फाको नेतृत्व लिएपछि फिफा र एएफसीबाट करिब ७० लाख डलर अनुदान आएको थियो । त्यस रकम थापाले मनोमानी रूपमा खर्च गरेको र एक्लौटी रूपमा एन्फा सञ्चालन गरेको एन्फाकै पदाधिकारीहरूले आरोप लगाउँदै आएका छन् । निराला आयोग, युवा तथा खेलकुद मन्त्रालयले बेग्लाबेग्लै प्रतिवेदनले कारबाही गर्न सिफारिस गरे पनि थापा शक्तिकेन्द्रसँगको सम्बन्धका कारण कारबाहीबाट जोगिंदै आएका थिए । फिफाको अडिट हेर्ने कम्पनी केपीएमजीले पनि ‘एन्फाको खाताबाट रकमको अनुचित वितरण’ भएको उल्लेख गरेपछि फिफाले तीन वर्षअघि नै थापालाई अनुसन्धानको घेरामा राखेको थियो ।

http://kantipur.ekantipur.com/news/2016-04-23/20160423204914.html
Read Full Discussion Thread for this article