Posted by: fashioninstitute April 15, 2016
कहाँ छन यी महारथीहरु?
Login in to Rate this Post:     0       ?        
कहाँ छन यी महारथीहरु?
पोहोर साल सम्प्रेषणको सामुदायिक बहसमा यी महारथीहरु हाम्रा एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्रीको आंशिक सफल बिरासत थाम्न अनि थेग्न कस्सिएका सतहमा आएका रहेछन | फेसबुकले मलाई चाँही एका बिहानै ति क्षण र दिनहरुको सम्झना गरायो | अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भन्दा पनि चर्को दौडाह थियो यिनीहरुको | न्युयोर्कमा सम्पन्न भएको सम्प्रेषणको सामुदायिक बहस सकेर कोही त्यहि साँझ लस एन्जेलसको उडान भर्दै थिए भने कोही टेक्सासको बहसमा पुग्न आतुर थिए | बिभिन्न मन्चहरुमा सातदेखि सत्र बुंदे घोषणा-पत्र सहित चर्का तामसी देखि मायावी योजनाहरु लिएर देखा परेका मन्चमा आसिन महारथीहरु अहिले मौन अथवा चुपचाप छन | मानौं अब यिनको प्रवासी नेपाली समाजमा कुनै अनि केहि दायित्वनै छैन |
यी मध्य केहिले तथाकथित न्याय खोज्ने बहानामा वर्तमान कार्यसमितीको बिरुध्द अमेरिकी अदालतमा मुद्दा दाएर गर्ने क्रमसम्म अगाडी देखिए त्यस पछि थकित अनि लाचार स्वभाब अनि स्वार्थमा अहिले चुपचाप छन | केन्द्रदेखि अमेरिकासम्मको वर्तमान एनआरएन संस्थापन अहिले ठुलो अनि चर्को स्वरमा बोल्ने अनि बिरोध गर्नेलाई "पद" सिर्जना गर्दै उपहार स्वरूप दिएर बिरोध अनि न्यायलाई मत्थर अनि निस्तेज पार्ने खेलमा लागेको छ |
एनआरएन अमेरिकालाई नाङ्गो शैलीमा कांग्रेसी भात्री संगठन नेपाली जनसम्पर्क समितीले खुलेआम कब्जा गर्दासम्म पनि यी महारथीहरु चुईक्क बोलेका छैनन् | 
अब कुरो प्रष्ट भयो यिनको मक्सद, अभिष्ट अनि ईरादा पनि सिर्फ त्यो "अध्यक्ष" पद रहेछ | सायद यी महारथीहरु पनिं अर्को निर्वाचनकोलागि आन्तरिक सदस्यता वितरणमा व्यस्त होलान (?)
Read Full Discussion Thread for this article