Posted by: cornelluniversity April 6, 2016
देउवा भावी प्रधानमन्त्रीका उम्मेदवार !
Login in to Rate this Post:     0       ?        

संसदीय दलको नेतामा निर्वाचित भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा भावी प्रधानमन्त्रीका उम्मेदवार् बनेका छन् । काँग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रचलन छ ।sher bahadur deuba
बुधवार भएको संसदीय दलको निर्वाचनमा देउवाले १ सय ३९ मत ल्याएर दलको नेता चयन भएका थिए । रामचन्द्र पौडेलको ६७ मत मात्र आएको थियो ।
दोस्रो संविधानसभा लगत्तै भएको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाले १ सय ५ मत ल्याएर देउवालाई पराजित गरेका थिए । त्यसबेला देउवाले ८९ मत ल्याएका थिए । एक बर्षमा देउवाका ५० मत बढी पाएका छन् ।
देउवा गत फागुन अन्तिम साता भएको निर्वाचनमा पार्टी सभापति भएका थिए । उनले १ हजार ८२२ मत पाएका थिए भने कार्यवाहक सभापति समेत रहेका पौडेलले १ हजार २९६ मत ल्याएका छन् ।
बर्तमान सरकारको विकल्ववारे अनौपचारिक तहमा छलफल भैरहदा देउवा काँग्रेसको दलको नेतामा चयन भएका छन् । यसले सत्ता समीकरणको वहसलाई अरु पेचिलो बनाउने सम्भवाना छ ।

संसदीय दलको नेता हुँदा प्रधानमन्त्री बनेको देउवाको विगत छ । ०५१ को मध्यवधी निर्वाचनपछि ०५२ मा देउवा काँग्रेसको संसदीय दलको नेता भएका थिए । त्यस लगत्तै उनी प्रधानमन्त्री भएका थिए । उनी ०५२ भदौ २७ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसबाहेक उनी ०५७ मा दलको चुनावमा सुशील कोइरालालाई हराएर दलको नेता चयन भएका थिए । त्यसपछि उनी प्रधानमन्त्री भए । प्रधानमन्त्री भएकै बेला उनमाथि पार्टीले कारवाही गर्यो । पार्टीले कारवाही गरेपछि उनले काँग्रेस प्रजातान्त्रिक बनाए । राजा ज्ञानेन्द्र शाहले ०६१ मा पुन देउवालाई प्रधानमन्त्री बनाए । ०६४ को संविधानसभा अगाडि दुई काँग्रेस मिले । ०६५ को संसदीय दलको चुनावमा भने पौडेलले देउवालाई हराएका थिए । दोस्रो संविधानसभा चुनाव लगत्तै भएको संसदीय दलको नेता चयन निर्वाचनमा सुशील कोइरालासँग देउवा पराजित भएका थिए ।

Read Full Discussion Thread for this article