Posted by: _____ April 4, 2016
यसरी हुँदैछ ‘महाशक्ति’ भारतको पराजय
Login in to Rate this Post:     0       ?        

यसरी हुँदैछ ‘महाशक्ति’ भारतको पराजय

-   |  गोपाल बुढाथोक

Gopal-Budhathoki–अमेरिकी राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित हुनासाथ पहिलो विदेश भ्रमण म्यानमार (बर्मा)को गरे । उनले अब आफ्नो देशलाई एसिया केन्द्रित गराउने पनि घोषणा गरे ।
–चीनमा राष्ट्रपति पदमा निर्वाचित भएपछि सी जिन पिङले पनि एसियामा, विशेषगरी दक्षिण एसियामा ध्यान दिने परोक्ष घोषणा गरे ।
–अमेरिका र चीनले त्यस्तो नीति लिएकै बेला भारतमा उग्रराष्ट्रवादी भारतीय जनता पार्टी सत्तासीन भयो, जसको नेतृत्व अति महत्वाकांक्षी नरेन्द्र मोदीले गरे ।


नेपालले अहिले भोगिरहेको समस्यालाई मूलत यी तीन सन्दर्भसंग जोडेर हेर्नुपर्ने हुन्छ । अब नेपाली राजनीतिका समस्याको पर्दा विस्तारै खुल्दैछ, नेपालमा देखिएको आन्तरिक समस्याको जरा नयाँदिल्ली, वाशिङटन, ब्रसेल्स र बेइजिङमा छ भन्ने तथ्यबोध नेपाली बुद्धिजीवी र सचेत जनताले क्रमश गर्न थालेका छन् । नेपाललाई सबैभन्दा धेरै प्रभाव पार्ने देश दक्षिणी छिमेकी मित्र राष्ट्र भारत नै हो । भारतले छरछिमेकीप्रति विस्तारवादी र हेपाहा नीति लिंदै आएको छ । दुई दशक यता भारतमा बलियो र स्थिर सरकार थिएन, मिलिजुली सरकार थियो । त्यस अवधिमा छिमेकीप्रति केही हदसम्म उदार सरकार बने । यद्यपि, भारतले छिमेकीप्रति सुदृष्टि कहिले राखेन ।
भारतले नेपाललाई जतिपटक नाकावन्दी लगायो, त्यहाँ एकल बहुमतको सरकार थियो । अहिले पनि एकल बहुमत सरकार छ । भारतमा बलियो सरकार हुँदा छिमेकीले शान्ति–सुव्यवस्था र सहयोगको आश गर्न नपाइने अवस्था छ । यो अवस्था अहिले पनि दोहोरिएको छ । भारतले नेपालमा आफूले मात्र राजनीतिक हस्तक्षेप गरिरहेको छैन, तेस्रो पक्षलाई पनि घिच्याउँदै ल्याइरहेको छ । हालै उसले युरोपियन युनियनसंग मिलेर नेपालको संविधान ठीक भएन भनेर ठाडो हस्तक्षेप गरेको छ । यस अघि बेलायतसंग मिलेर नेपालको विरोधमा संयुक्त विज्ञप्ति दियो । त्यसअघि राष्ट्रसंघीय मञ्चहरुमा पनि नेपालको विरोधमा अभियान चलायो । विश्वशक्ति बन्ने होडमा लागिरहेको भारतले सानो छिमेकी मित्र नेपाल विरुद्ध किन यसो गरिरहेको छ ?

बेलायती उपनिवेशबाट मुक्त भए यता भारतले कहिले आफूलाई सुरक्षित महसुस गरेन । बेलायती आक्रामक र उपनिवेशवादी विदेश नीतिलाई उसले विस्तारवादी र हेपाहा विदेश नीतिमा रुपान्तरण गर्‍यो जसका कारण छिमेकीसंग कहिले राम्रो व्यवहार गरेन । पाकिस्तान र चीनसंग युद्ध गर्‍यो, श्रीलंका र माल्दिभ्समा त्यहाँको आन्तरिक अवस्था तहसनहस बनाइदिएर सैन्य हस्तक्षेप गर्‍यो ।

यहाँनेर अर्काे एउटा तथ्य राखौं– भारतले युरोपियन युनियनसंग मिलेर दिएको वक्तव्यमा पाकिस्तानको पनि सन्दर्भ राखिएको छ । भारत उपस्थित भएको मञ्चबाट पाकिस्तान विरुद्ध प्रहार हुनु कुनै नौलो विषय होइन । पाकिस्तान विरुद्ध भारत उभिनु र भारत विरुद्ध पाकिस्तान उभिनु उनीहरुको नियमित कर्मकाण्ड नै हो । सो विज्ञप्तिमा मालदिभ्सको सन्दर्भ पनि राखिएको छ । घुमाउरो पारामा माल्दिभ्सलाई पनि प्रहार गरिएको छ । विज्ञप्तिमा उल्लेख भएको वाक्यांश हेर्ने हो भने नेपाललाई भन्दा माल्दिभ्सको सन्दर्भमा प्रयोग गरिएको सन्दर्भ धेरै आपत्तिजनक छ । भारतको कुरै छाडौं, नेपालभन्दा धेरै नै सानो माल्दिभ्स विरुद्ध समेत भारत किन उत्रियो ? उसले किन यसो गरिरहेछ ? यसबारेमा केही समीक्षा गरौं ।
असुरक्षित भारत
बेलायती उपनिवेशबाट मुक्त भए यता भारतले कहिले आफूलाई सुरक्षित महसुस गरेन । बेलायती आक्रामक र उपनिवेशवादी विदेश नीतिलाई उसले विस्तारवादी र हेपाहा विदेश नीतिमा रुपान्तरण गर्‍यो जसका कारण छिमेकीसंग कहिले राम्रो व्यवहार गरेन । पाकिस्तान र चीनसंग युद्ध गर्‍यो, श्रीलंका र माल्दिभ्समा त्यहाँको आन्तरिक अवस्था तहसनहस बनाइदिएर सैन्य हस्तक्षेप गर्‍यो । पाकिस्तान टुक्र्याएर बङ्गलादेश बनायो तर बङ्गलादेशसंग पनि सुमधुर सम्बन्ध राख्न सकेन । छिमेकी सिक्किमलाई आफूमा विलय गरायो भने भुटानलाई अधिनस्थ देश बनायो । नेपाललाई पटकपटक नाकावन्दी लगायो र यहाँको आन्तरिक राजनीतिमा निरन्तर हस्तक्षेप गरिरह्यो । अरुलाई असुरक्षित बनाउँदा भारत आफू सुरक्षित बनेन । त्यसैले उसको विदेश नीति पनि त्यही अनुसार अरुलाई कसरी तहसनहस बनाउन सकिन्छ भन्नेमा केन्द्रित रह्यो । त्यही विदेश नीतिको सिकार अहिले नेपाल भइरहेछ । भारतले पाकिस्तानसंगको द्वन्द्वको क्रममा आतंकवादलाई उपयोग गर्‍यो । यसले गर्दा पाकिस्तान गम्भीर संकटमा फस्यो । नेपालमा मधेस आन्दोलन जस्तै भारतले पाकिस्तानमा बलुचिस्तान आन्दोलन चलाइरहेको छ । छिमेकीलाई कमजोर बनाएपछि आफू सुरक्षित भइन्छ भन्ने भ्रामक अवधारणाबाट भारत ग्रस्त रहेको छ । यही कारण उसले छिमेकी मुलुकहरुलाई आर्थिक र राजनीतिक रुपमा कमजोर बनाउने र जातीय रुपमा विभाजित बनाउने नीति लिइरहेको छ ।
चीनको चमत्कार
चीनले चमत्कारिक विकास गरिरहेको छ । उसको कूटनीतिक शैली र तौरतरिका विश्वका अन्य कुनै देशसंग मिल्दैन, अत्यन्त पृथक शैलीको कूटनीति छ चीनको । चिनियाँ कूटनतिलाई ‘शान्त कूटनीति’ भनिन्छ, कतिपयले गोप्य कूटनीति पनि भन्ने गरेका छन् । शान्त र गोप्यको अर्थ यो होइन कि ऊ आफ्नो हितप्रति बेवास्ता गर्छ । चीनले छरछिमेकीसंग मात्र नभएर विश्वभरि शान्तिपूर्ण सम्बन्ध राख्दै आएको छ । आफ्नो हित चुपचाप पूरा गर्ने र कुनै पनि मुलुकमा प्रत्यक्ष हस्तक्षेप नगर्ने चिनियाँ कूटनीतिलाई अत्यन्त सफल मानिन्छ र उसको कूटनीतिबाट भारत समेत हायलकायल हुँदै आएको छ । चिनियाँ कूटनीतिका सामुन्ने भारत कसरी निरीह बनिरहेको छ भन्ने पछिल्लो र ताजा उदाहरण नेपाल पनि हो । नजानिंदो पाराले नेपाललाई चीनले आफ्नो पक्षमा पारिसकेको छ, यहाँको जनमत चीनको पक्षमा बनिरहेको छ । यो चीनको ठूलो सफलता हो ।
चीनको चमत्कारिक आर्थिक विकासले उसको सैन्यशक्तिमा पनि अद्भूत प्रगति भइरहेको छ । यसबाट भारतले खतरा महसुस गरिरहेको छ । दक्षिण एसियामा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले ‘मंकी डिप्लोमेसी’ अर्थात् बाँदरे कूटनीति शैली कूटनीति अपनाइरहेको छ । भारतको मंकी डिप्लोमेसीको उदाहरण नेपालको सन्दर्भमा देख्न सकिन्छ । दक्षिण एसियाका अधिकांश मुलुक चीनको पक्ष र भारतको विरुद्धमा उभिंदै गएका छन् । भारतले दाह्रानङ्ग्रा गाढेर राखेको भुटान समेत चिनियाँ खेमामा जान प्रयास गरिरहेको छ । यस्ता कारणहरुले गर्दा भारत एक्लिंदै गएको छ र उसले मंकी डिप्लोमेसी अपनाइरहेको हो । र, यस्तो बाँदरे कूटनीतिले भारत स्वयंलाई क्षति पुर्‍याइरहेको छ । अन्धराष्ट्रवादी भारतीय सरकारले आफूलाई भइरहेको क्षति भने महसुस गरेको आभाष हँुदैन ।

विभिन्न देश तथा शक्तिहरुसंग मिलेर भारतले नेपाल तथा माल्दिभ्स विरुद्ध वक्तव्यवाजी गर्नु नेपालको कूटनीतिक असफलता भन्नेहरु पनि छन् । वस्तुत यो भारतको चाहिं कूटनीतिक असफलता नै हो । दक्षिण एसियामा एकलौटी निर्णय गर्ने हैसियत राख्ने भारतले पश्चिमा शक्तिहरुको साथ लिनुपरेको छ ।

यता होइन उता
२०६२ मा प्रमुख सात दल र तत्कालीन माओवादीबीच भारतमा १२ बुँदे सम्झौता भयो । सो सम्झौताको कडा आलोचना गर्‍यो अमेरिकाले । नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जेम्स मोरियार्टी जहाँ पुगे पनि माओवादीको आलोचना गर्दै प्रकारान्तरले १२ बुँदेको आलोचना गर्थे । भारतले गराएको १२ बुँदेप्रति अमेरिका सहित पश्चिमा मुलुकहरुले असन्तुष्टि जनाएपछि त्यसको प्रत्यक्ष असर क्षेत्रीय राजनीतिमा पर्‍यो । नेपालको मामिलामा भारत र चीन नजिक आए । भारतको आँखाले नेपाललाई हेर्ने पश्चिमा शैली बदलियो । नेपालमा एकातिर भारत र चीन र अर्कातिर पश्चिमा शक्तिहरु देखिन थाले । नेपाल मामिलामा भारत र चीनले आपसी सहमति र सल्लाह गर्न थालेका संकेत देखिन थाल्यो । तर, अमेरिकामा बाराक ओबामाको दोस्रो कार्यकाल र चीनमा सी जिन पिङको नेतृत्व सुरु भएपछि परिस्थिति फरक भयो ।
अमेरिकाले एसिया केन्द्रित हुने नीति लिएपछि परम्परागत मित्र पाकिस्तानाको साथ छाडेर भारतको साथ लियो । विगत शीतयुद्धकालमा अमेरिका विरोधी सोभियत संघको क्याम्पमा रहेको भारतले अमेरिका र युरोपियन युनियनको खेमा समात्यो । चीनलाई काउन्टर दिन पश्चिमाहरुले भारतलाई साथ लिन आवश्यक थियो भने भारतलाई पनि चीन विरुद्ध पश्चिमा शक्तिहरुको साथ चाहिएको थियो । तर, यसका लागि भारतले दक्षिण एसियामा आफ्नो प्रभुत्व अघोषित रुपमा त्याग्नुपरेको छ ।
जय होइन पराजय
विभिन्न देश तथा शक्तिहरुसंग मिलेर भारतले नेपाल तथा माल्दिभ्स विरुद्ध वक्तव्यवाजी गर्नु नेपालको कूटनीतिक असफलता भन्नेहरु पनि छन् । वस्तुत यो भारतको चाहिं कूटनीतिक असफलता नै हो । दक्षिण एसियामा एकलौटी निर्णय गर्ने हैसियत राख्ने भारतले पश्चिमा शक्तिहरुको साथ लिनुपरेको छ । अमेरिकाको असहमति हँुदा पनि १२ बुँदे सहमति गराएको थियो भारतले । त्यसयता उसले दक्षिण एसियामा, खासगरी नेपाल मामिलामा आफ्नो एकल निर्णय हुनुपर्छ भन्ने धारणा लिएको थियो । अब आएर त्यो स्थिति रहेन, नेपालको मामिलामा आफ्नो पनि हिस्सेदारी गर्न पश्चिमा शक्तिहरु अग्रसर भएका छन् । दक्षिण एसियामा पश्चिमा शक्तिहरुसंग मिलेर निर्णय गर्नुपर्ने अवस्थामा भारत पुगेको छ । अर्थात्, दक्षिण एसियामा भारतले गरिरहेको दादागिरीमा पश्चिमाहरुले हिस्सेदारी गरेका छन् । नेपाल जस्तो अति नै निकट छिमेकी राष्ट्रप्रति पछिल्लो समयमा गरेको ब्यवहारका कारण दक्षिण एशियाकै महाशक्तिको रुपमा उपस्थित भारतको एकलौटी उसकै कारणले अन्त्य भएको छ । भारतका लागि यो ठूलो असफलता हो । जय होइन पराजय हो ।

- See more at: http://www.ratopati.com/aakchaar-bhityo/41535/#sthash.uMlI1ial.dpuf
Read Full Discussion Thread for this article