Posted by: magorkhe1 March 22, 2016
सिमखेतको अस्थाइ घर
Login in to Rate this Post:     0       ?        
हिजो कुनै भद्र महानुभाबले गम्भिर कुरा औल्याउदै ईमेल पठाउनु भएछ, हुबहु टास्न सकिन तेस्को मुल आसय यस्तो छ |
बाउको मात्र हैन हामीसँग हजुरबाउको पनि कथा छ | मेरा हजुर बा ७-८ बर्सको उमेरमा शिक्षा प्राप्तिका लागि १०-१२ दिन हिंडेर नेपाल शहर छिरे | सन्स्क्रित पाठशालामा पढन पाउ भनी निबेदन गरेका, निबेदन सिरानी मुनी बसे | एक दिन श्री तीन सरकार बग्गिमा सवारि भएको बेला सरकार पढ्न पाउ भनी निबेदन गरे | अनी श्री-३ सोध्छ्न यो बालक के भन्छ, सर्बसाधारण सँग सिधा कुरा कानी गर्न नहुने | अनी हुक्के जाहेर गर्छ , बटुक पढ्न पाउ भन्छ सरकार ? श्री तीन बाट हुकुम हुन्छ , भर्ना गरिदिनु |
श्री तीन बाट हुकुम भए छिडीको बास बाट मुक्त अनी पढ्न पाइने भैइयो भनेको त स्कुलका हर्ता कर्ता एस्ता हुकुमी कती धोती लगाइयो भन्दै भर्ना गर्ने सुर सार नै गर्दैनन | मन मनै पख भनी अर्को साताको सबारी कुरेर बसे| ए त घर गएको छैनस, मेरोमा भान्सेकाम गर अर्को बर्ष भर्ना दिन्छु भने पछी हजुर बाउले भर्ना दिन्छौ कि धोती लगाएको कुरा खोलौ भने |
गुरुले पत्याएका थिएनन तर सबारी आउन साथ "सरकार" मात्र के भनेका थिए महागुरुले कठालोमा हात राख्दै "भर्ना पाए भन्न् खोजेको हो सरकार" भनी वाक्य पुरा गरेरे| तेस पछी महागुरुले हजुरबाउलाई, बिशेष ध्यान दिएर राखे रे ?
हजुरबा नेपाल शहर नछिरेका भए आफु पनि जजमानी गरेर बसिन्थ्यो कि ? हजुर बा ले सुकुल फटाउने गरी घुडा नधसेका भए मेरा बाले पद्मोदय स्कूल जान कहाँ पाउथे ? अनी हामी का बाट प्राइभेट स्कूल जान पाउथौ ?
तिम्रा बा मदेश हाने हाम्रा बा सरकारी जाचका लागि कती दु:ख गरे त्यो त तिन्लाईनै था छ ? त्यो भन्दा ठुलो दु:ख "मनु मरु ब्रम्हुचा ख" जस्ता कुरा सुन्नु पर्दा नेपाल शहर छोडेर जान मन लागेको थियो रे | बा खरिदार बाट जागिर खान थालएकाहुन, भाडा कम पर्छ भनी काठमा बसे, दैनिक ४-५ कोस हिंडेर स्कुल कालेज र जागिर खाएका हुन | तेत्रो दु:ख गरे पछी छोरा छोरीलाई पनि तेही दु:ख कहाँ दिनु भनी सरकारी काम-धाम सिके पछी मात्र सानो खोली किनेका हुन , तेही खोलिमा हुर्केको हुँ म ? अहिलेको जस्तो ४ तले घर किनेका हुन र ?
तिम्रा बाउले त तेही रुख ढालेर् बसेका हुन , दिमागी काम गर्न काम कती गार्हो हुन्छ त्यो त तेही ठाउमा बसे पछी मात्र थाहा हुन्छ |हाम्रा बा हाकिम खुशी नभए सरुवा गरिदेलान भनी दैनीक डरै डरमा बस्थे | मेरा बाको स्थिती तेही खसी को जस्तो: एउटा खोरमा खसी अर्को खोरमा बाघ बसे जस्तो ?
मुला बन फाडेर बसेको कुरालाई ठुला कुरा ठान्छौ ?
Read Full Discussion Thread for this article