Posted by: yadavanu March 15, 2016
जीतको राजनीति गर्ने हरु एक पल्ट हारेर त हेर्नुहोस कतै तपाईं एक जना को हार मा देश को जित , सुख, सम्रिधि लुकेको छ कि ?
Login in to Rate this Post:     0       ?        
विजेता अरूलाई पराजित गर्न प्रेरित गर्दछन् भने नेताहरूले अरूलाई नेतृत्व गर्न प्रेरित गर्दछन् । विजेता हरु कमजोरी बाट फायदा उठाउने तरिका खोज्दछन भने नेताहरूले अरु लाई सशक्त बनाउने शक्ति र उपाय हरु खोज्दछन । विजेता हरु आफूलाई भिन्न देखाउना चाहनछन् भने नेताहरूले आफ्नो अनुयायीहरूलाई एकताबद्ध गर्न व्यस्त रहन्छन । नेताहरू को काम बढी भन्दा बढी अनुयायी हरु बनाउने होइन , उनिहरु को काम त थप असल नेताहरू को सिर्जना गर्ने हो ।
राजनीति भनेको त समाजको हित गर्ने नीति र व्यवहार हो र नेतृत्व राजनीति को मियो हो । त्यसैले प्रतिस्पर्धा लाई नेतृत्व संग दाज्न मिल्दैन । अब तपाईं नै भन्नु होस् त्यो नेतृत्व र उसको शक्ति बाट के आशा गर्न सक्नुहुन्छ जसको लक्ष्य चुनाबी जीत मात्र हुन्छ । जीतको राजनीति गर्ने हरु एक पल्ट हारेर त हेर्नुहोस कतै तपाईं एक जना को हार मा देश को जित , सुख, सम्रिधि लुकेको छ कि ? यहाँ को विचार र राय व्यक्त गर्नुहोला।
Last edited: 15-Mar-16 10:07 PM
Read Full Discussion Thread for this article