Posted by: cardinal March 15, 2016
रातोपाती लाइ निजी भनेपछि Allergy नै हुन्छ कि क्या हो?
Login in to Rate this Post:     0       ?        
कति सम्म देख्न नसकेको?

http://www.ratopati.com/photo-news/37446/

प्रधानमन्त्री निजी कम्पनीको विज्ञापनमा !

चैत २

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ७ चैतबाट चीन भ्रमण गर्दै छन् । भ्रमणका एजेन्डाको जति चर्चामा छ, त्यत्तिकै चर्चा एक निजी विमान कम्पनीको गर्ने तयारी भएको छ ।

एक निजी कम्पनीले प्रधानमन्त्री ओलीलाई आफ्नो नयाँ एयरलाइन्समार्फत बेइजिङ लैजाने प्रयास गरेको छ । यद्यपि, यसबारे अन्तिम निर्णय भने भइसकेको छैन ।

गत सोमवारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको ७ देखि १४ चैतसम्मको चीन भ्रमणलाई अनुमोदन गरिसकेको छ । भ्रमणदलका सदस्य करिब ४० को आसपासमा रहने बताइए पनि संख्या यकिन भइसकेको छैन ।

प्रधानमन्त्री कार्यालयले नेपाल एयरलाइन्ससँग उडान विषयमा परामर्श नै गरेको छैन । चिनियाँ प्रधानमन्त्रीले नै विमान पठाउन चाहे पनि त्यसको टुंगो लागिसकेको छैन । यही मौकामा एक निजी कम्पनीले प्रधानमन्त्रीको बेइजिङ भ्रमणमा आफ्नो विमानको पहिलो उडान गर्न खोजेको हो ।

प्रधानमन्त्रीको विशेष मामलाविज्ञ गोपाल खनालले प्रधानमन्त्रीको चीन भ्रमणमा कुन विमान प्रयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘अझै निश्चित भएको छैन । छलफल भइरहेको छ,’ उनले भने ।

प्रधानमन्त्रीको भ्रमण हुनु ४ दिनमात्र बाँकी रहँदा कुन विमान प्रयोग गर्ने भन्ने यकिन नहुनुले एयरलाइन्स कम्पनीबीच खिचातानीको संकेतका रूपमा बुझिएको छ ।

देशको एकमात्र ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स घाटामा गएको कम्पनी हो । राज्यको ढुकुटी खर्च गरेर विदेश भ्रमणमा जाने भीभीआईपी र भीआईपीले नेपाल एयरलाइन्सबाट यात्रा गर्नुपर्ने हो । तर, प्रधानमन्त्री कार्यालयले यसतर्फ चासो नदिएको देखिएको छ ।
नेपाल वायु सेवा निगम प्रमुख सुगतरत्न कंसाकारले रातोपाटीसँग कुरा गर्दै प्रधानमन्त्रीको कार्यालयले चीन भ्रमणमा नेपाल एयरलाइन्स प्रयोग गर्नेबारे परामर्श नगरेको बताए । ‘प्रधानमन्त्रीको चीन भ्रमणमा राष्ट्रिय ध्वजावाहक विमान प्रयोग गर्नेबारे प्रधानमन्त्री कार्यालयबाट परामर्श भएको छैन । यो रुटमा हाम्रो विमान पनि छैन । पत्रिकामा चीनले नै प्रधानमन्त्रीलाई लिन विमान पठाउँछ भन्ने पढेको थिएँ,’ उनले भने, ‘दिल्ली र मुम्बईमा हाम्रो उडान थियो । त्यसबेला प्रधानमन्त्रीज्यूले नेपाल एयरलाइन्सकै विमान प्रयोग गर्नुभएको हो ।’

प्रधानमन्त्रीलाई केही समय अगाडिमात्र स्थापना भएको हिमालय एयरलाइन्समार्फत चीन भ्रमणमा लैजाने विषयमा छलफल भएको स्रोतले बतायो । हिमालय एयरलाइन्सले अझै पहिलो उडान गरिसकेको छैन । प्रधानमन्त्री उक्त उडानमार्फत बेइजिङ गए यो नै हिमालय एयरलाइन्सको पहिलो उडान हुनेछ ।

हिमालय एयरलाइन्सको ब्रान्ड एन्ड सर्भिस इम्प्रुभमेन्ट डिपार्टमेन्टकी सहिष्णु पौड्यालले प्रधानमन्त्रीको उडानबारे कुनै निश्चित नभएको बताइन् । ‘कुनै कन्र्फम भएको छैन । त्यस्तो भए त हामीले खबर गरिहाल्छौँ,’ उनले रातोपाटीसँग भनिन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष विमान नै काठमाडौं पठाउन चाहेका थिए । चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै ‘कत्रो विमान पठाऊँ ?’ भनेर चासो राखेका थिए । प्रधानमन्त्रीको भ्रमण दल कति ठूलो हुने, त्यहीअनुसार विमान चाहिने भएकाले चीनले विमानको विषय टुंग्याउन ताकेता गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयले अहिलेसम्म जवाफ दिएको छैन ।

सुरक्षाको हिसाबले समेत प्रधानमन्त्री ओली कुनै पनि विमानको पहिलो उडानमा यात्रा नगर्नुपर्ने हो । तर, प्रधानमन्त्रीले विमान कम्पनीको प्रभावमा परेर जोमिखपूर्ण यात्रा गर्ने खतरा उत्तिकै छ ।

प्रधानमन्त्रीसहित उच्चस्तरीय टोलीलाई पहिलो उडानमार्फत यात्रा गराएर कम्पनीले आफ्नो उडान सुरुवात गर्ने कम्पनी सञ्चालकको चाहना रहेको स्रोत बताउँछ । भारत भ्रमणका बेला भने प्रधानमन्त्रीले नेपाल एयरलाइन्सको विमानमा यात्रा गरेका थिए । नेपाल फर्कंदा विमानस्थलमा करिब डेढ घन्टा ढिला भएको भन्दै प्रधानमन्त्री ओली रिसाएका थिए ।

हिमालय एयरलाइन्सले गत बुधवार पहिलोपटक ठूलो जहाज भित्र्याएको थियो । नेपाल र चीनका कम्पनीको संयुक्त लगानी रहेको कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो जहाज अवतरण गराएको थियो ।

जहाज त्रिभुवन विमानस्थल अवतरण गरेलगत्तै पानीको पोहोरा र मंगलधुनबाट स्वागत गरिएको थियो । जहाजलाई नेपाली नागरिक उड्डयन प्राधिकरणले नाइन एन–एएलएम कलसाइन दिएको छ ।

एयरलाइन्समा एक सय ५८ सिट क्षमता छ, जसलाई चीनको छेङ्दुबाट सिधै काठमाडौं ल्याइएको थियो । जहाजमा आठ बिजनेस क्लास र एक सय ५० इकोनोमी क्लास सिट छन । जहाँज युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ‘ए ३२०–२१४’ सिरिजको हो ।
कम्पनीको पहिलो जहाजले काठमाडौंबाट कतारको दोहा, भारतको नयाँदिल्लीका लागि दैनिक उडान भर्ने जनाएको छ । अर्को जहाज ल्याएपछि चीनको ल्हासा, छेङ्दु र बेइजिङ उडान भर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको थियो ।

हिमालयय एयरलाइन्स अध्यक्ष चिनियाँ नागरिक चेङ वुई हुन् । उपाध्यक्षमा प्रशासनतर्फ विजय श्रेष्ठ र अपरेसनतर्फ कप्तान जतिनदर पाल सिंह ढिल्लन छन् । एमालेनजिकका व्यवसायीको पनि यसमा लगानी छ । पृथ्वीबहादुर पाण्डेले पनि लगानी गरेका छन् ।


हिमालय एअरलाइन्सले अप्रिल २०१६ मा अन्तर्राष्ट्रिय उडान भर्ने कार्यक्रम बनाएको थियो । यसअघि २०१४ को अगस्टमा संयुक्त लगानी सम्झौता भएको यस एअरलाइन्सले २०१५ को जुलाईमा एयरबस ३१९ र ३२० बाट उडान भरी सेवा सुरु गर्ने योजना बनाएको थियो ।
हिमालय एयरलाइन्सले आफ्नो व्यापारिक उडान सुरु गर्न सम्पूर्ण तयारी सकिसकेको जनाएको छ । एयरलाइन्सले आफ्ना विमान चालक, परिचारिका र प्राविधिकलगायत कर्मचारीलाई तालिम दिएर पूर्ण तयारीमा राखेको जनाएको छ ।

हिमालय एयरलाइन्सको विमान प्रयोग गर्दा उठ्ने प्रश्न
१–पहिलो उडान गर्ने विमानमा चढ्दा सुरक्षामा किन ‘कम्परमाइज’ भन्ने प्रश्न उठ्छ ।
२–देशको एकमात्र ध्वजावाहक कम्पनीलाई प्रवद्र्धन गर्नुपर्ने दायित्व भएको प्रधानमन्त्रीको कार्यालयले यसतर्फ निकै ध्यान दिएन ।
३– प्रधानमन्त्री सरकारी स्वामित्वको एयरलाइन्समा विदेश भ्रमण नजाँदा त्यसको दीर्धकालीन असर के हुन्छ ?
४–प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाल एयरलाइन्स प्रयोग नगर्नेबारे एमाले पार्टीगत धारणा के हो ?
५–हिमालय एयरलाइन्स सञ्चालकसँग प्रधानमन्त्रीको सम्बन्ध कस्तो हो ?
६–चिनियाँ प्रधानमन्त्रीले पठाउन खोजेको विमानबारे निर्णय दिन किन ढिला भयो ?
Read Full Discussion Thread for this article