Posted by: lamjung March 11, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     2       ?         Liked by
अब अलिक गम्भीर भएर भन्दैछु: दुइमत छैन, सरकारले सुहाउँदो सुबिधा दिनुपर्ने नै हो। राम्रो छवी राख्नुभएको रास्ट्रपती र त्यो भन्दा अघिको राजनैतिक क्यारियर समेत सफा भएका हजुरका बुबा निश्चय नै आदरणीय हुनुहुन्छ। मेरो बुझाइमा सबै जनताले डाक्टर साबलाई नेताको रूपमा सापेक्षिक रूपमा राम्रै मान्छन, नभए पनि बाँकी सबै नेतालाई जस्तो हेप्ने वा भित्रैदेखि घृणा भने गर्दैनन।

व्यक्तिगत, पारीवारिक र राजनैतिक साख वहाँको र परिवारको अतुलनिय छ। एउटा नालायक सरकारले देखाएको नालायाकीलाई क्यास गरेर तपाईंहरूले सस्तो मिडियामा केहि लाइन बाहेक केहि पाउनुहुन्न। तत्काल नपुग्दो केहि छैन तपाइंको परिवारलाइ। तपाइंको दुइ कोठे घरमा वा जनकपुरमै गएर डाक्टर साब बसिदिनु भयो भने; अथवा, राम्रो चिकित्सक भएको नाताले, बिरामी नै नजांचे पनि कुनै चिकित्साजन्य उद्यम गर्नुभयो भने; अझ होइन भने वहांको जे इच्छा छ त्यो नै गर्नु भयो भने तपाइंहरूलाई तत्काल अप्ठ्यारो छ र ? आठ बर्ष काम गरेको पहिलो रास्ट्रपतिलाई सुबिधा नदिएर, अरु चाहिं पुराना नया भूपू मंत्री भन्दा तलकाले समेत सुबिधा दिन सक्ला त राज्यले, सधैभरी? अरु कुनै काम गर्न नसक्ने, अध्यन नभएका अनपढ, अवशरवादी र बिरामी हुँदा सरकारी खर्च पाउन र एयर एम्बुलेन्स चढ्न सजिलो होला भनेर काठमान्डू बस्ने नेता भन्दा नितान्त फरक व्यक्तित्व हुनुभएका पुर्व रास्ट्रपतीले यति बिचार गरिदिनुभए दिनदिनै त्यहि समाचार पढेर दिक्क मान्नु पर्ने थिएन कि?
Last edited: 11-Mar-16 12:17 PM
Read Full Discussion Thread for this article