Posted by: Mrigtrishna March 8, 2016
बिझाउने आशा
Login in to Rate this Post:     2       ?         Liked by
हाँस्दा हाँस्दै मुख छोपेर रुन मन लाग्छ | लाग्छ रोएर सारा चोट बगाई दिउँ| तर जति रुन्छु चोट माथी लागेका खिया मेटिदै जान्छन्, अनि चोट अझै उज्ज्याला र नयाँ भएर आउछन्, मलाई नै बिथोल्ने गरि. मस्तिस्क खल्बल्याउने गरि | भाँचिएका आशा का कोपिला अझै निमोठ्ने गरि |
यी आशाका बिरुवा पनि अनौठा, भांचिए पछि त नपलाउनु नी… अब सिद्धियो भन्ने बेलामा फेरी बनमाशा जस्तै कता कता बाट पलाउने जात| खरले आगोको झिल्का टिपे झैँ , खुशी हुनै नहुने आशाले पालुवा टिपी हाल्ने| बैगुनी जात..
त्तेस्तरी पहिला मरेको पनि बिर्सन्छन् कोहि? आफ्नै सर्वश्व मेटिंदा पनि बाच्नछन कोहि?
बाध्यता भनौ भने तेस्तो के बाध्यता होला त सबै भाचिंदा,मेटिंदा , फुट्दा पनि पलाउने ? अनि यही पलाएका आशाका पालुवाले अरुलाई घोच्छन्, कोतर्छन, खाटा बसेका घाउ उप्काउछन्.... असत्ति जात.
Read Full Discussion Thread for this article