Posted by: metta March 2, 2016
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     0       ?        

नाका खुलेपछि पनि असहज,कहाँ जान्छ दैनिक आठ लाख लिटर इन्धन ?

नाका खुलेपछि पनि असहज भारतले नाकाबन्दी खुलेको तीन हप्ता हुँदा पनि उपत्यकामा इन्धन सहज हुन सकेको छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ।

सामान्य अवस्थामा भन्दा धेरै इन्धन वितरण भइरहेको आयल निगमका अधिकारीले बताएका छन् । नाका खुलेपछि प्रहरीले पेट्रोलपम्पहरूबाट वितरण हुने इन्धनको हिसाब राख्न छाडेको छ । जसकारण पम्पहरूले ठूलो मात्रामा इन्धन लुकाएर महँगोमा बिक्री गरेको आशंका छ ।

आयल निगमका अनुसार उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजेल वितरण हुँदै आएको छ । सामान्य अवस्थामा तीन लाख लिटर पेट्रोल र चार लाख लिटर डिजेल वितरण हुन्थ्यो । तर, अहिले सामान्य अवस्थामा भन्दा बढी इन्धन वितरण हुँदा पनि सर्वसाधारणले सहज रुपमा पाएका छैनन् ।

उपत्यकामा आयल निगम र पम्पबाटै कालोबजारी हुँदा इन्धनको अभाव भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । बुधबार गृहमन्त्री शक्ति बस्नेतको नेतृत्वमा बसेको बैठकले सामान्य अवस्थामा माग भन्दा धेरै इन्धन वितरण हुँदा पनि अभाव हुनुले कालोबजारी भइरहेको निष्कर्ष निकालेको हो । उपत्यका बाहिरका जिल्लामा सहज हुँदै गए पनि उपत्यकामा भने इन्धन अभावको चर्काे समस्या भएपछि गृहमा बैठक बसेको थियो ।


http://setopati.com/chapa-bata/42551/
Read Full Discussion Thread for this article