Posted by: metta March 2, 2016
सुडान घोटाला र नेपालीको बिर्सने बानी
Login in to Rate this Post:     0       ?        
नेपालको इतिहासमा नै सबै भन्दा ठुलो भनिएको सुडान घोटालाका नाइकेहरु नेपालमा उदयमान ताराझैँ छाइरहेको ले नेपाल अन्तरिक्षयानको गतिमा विकास हुने प्रक्षेपन गरिएको छ | शायद प्रचण्डले पचाएको लडाकुहरुको तलब घोटाला पछि सुडान घोटाला नै सबै भन्दा ठुलो रकमको घोटाला हो | पांच बर्ष अघि भएको यस घोटालाका नायकहरु नेपालको ठुलो पद ओगट्न अझै सफल भै नै रहेका छन् | 

कृष्ण प्रसाद सिटौला - नेपाली कांग्रेसको अध्यक्षको उम्मेदवार 
वाम देव गौतम - केहि महिना अघि गृह मन्त्रि 
उमेश मैनाली - लोक सेवा आयोगको अध्यक्ष
भीम रावल - उप प्रधानमन्त्री


सुडान घोटाला प्रकरणमा तीन पूर्व प्रहरी महानिरीक्षकसहित ३६ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर  |  Published: June 9, 2011 

संसदीय छानविन समितिले सुडानसम्मै पुगेर गरेको अध्ययनले तत्कालीन गृहमन्त्री कृष्ण सिटौला, वामदेव गौतम, भीम रावल र तत्कालिन सचिवद्वय उमेश मैनाली र गोविन्द कुसुमलगायत पनि यस प्रकरणमा संलग्न रहेको प्रतिवेदन दिएको थियो । तर अख्तियारले राजनीतिक र प्रशासनिक नेतृत्वविरुद्ध भने मुद्दा दायर गरेको छैन । 

http://www.imagekhabar.com/samachar/detail/2849/29/.shtml
Last edited: 02-Mar-16 06:29 PM
Read Full Discussion Thread for this article