Posted by: Geology Tiger February 25, 2016
PFA Life Insurance... Is it a scam? Honestly!!
Login in to Rate this Post:     0       ?        
मल्टिलेभल बिमा स्क्याम, आफन्त र साथीभाइमाथि नैं बेइमानी

दिनेश कार्की बोष्टन (अमेरिका), फागुन १३

मल्टिलेवल मार्केटिङमा आधारित बिमा कम्पनीहरुबाट जीवन विमा गर्ने अमेरिकामा बसोबास गर्ने नेपालीहरुले ठगिएको महसुस गर्न थालेका छन्। नेपाली बिमा अभिकर्ताले बिमित व्यक्तिलाई सम्पूर्ण जानकारी नदिइ गलत जानकारीमात्र दिंदा यस्तो स्थिति आएको हो।
बिमा अभिकर्ता (एजेन्ट)हरुले आश्चर्यजनक ढंगबाट कमिशन प्राप्त गरिरहने तर बिमा गर्ने व्यक्तिले आश्वासन दिइएको बचत व्याजदर नपाउँदा अमेरिका स्थित हजारौं नेपाली र भुटानी शरणार्थी समूदाय अहिले मार्कामा परेको मेरिल्याण्ड स्थित इण्डियन हेड शहरका उपमेयर किरण सिटौलाको भनाइ छ।
नेपाली समूदायबाट लोकतान्त्रिक तबरबाट चुनिएका प्रथम उपमेयर सिटौलाका अनुसार अंग्रेजी भाषा राम्रोसँग नबुझ्ने नेपाली र भुटानी समूदायका व्यक्तिहरुलाई समेत कुनै दोभासेको व्यबस्था नगरिकन बिमा बेच्नु भनेको सरासर अपराध हो । ‘राम्रो सँग नबुझिकन बुझें भनेर हस्ताक्षर गर्नु पनि बिमित व्यक्तिको गल्ती हो’, सिटौलाले भने ।
आफन्त र साथीभाइलाइ हदैसम्मको विश्वास गर्ने र भर पर्ने बानी नेपालीहरुको छ । नेपालीहरुको यो सोझोपनलाई उनीहरुका चलाख बिमा अधिकर्ताले फाइदाको रुपमा लिने गरेका छन् ।
सिटौला थप्छन्, ‘अहिले भएको ठ्याक्कै त्यस्तै हो, असम्बन्धित क्षेत्रका व्यक्तिले जव बिमा बेच्न थाल्दछन् वा बिमा भिडाउनका लागि तपाईं र तपाईंका परिवारका कलिला बालबालीकाको भविष्यको बारेमा अस्वाभाविक चिन्ता व्यक्त गर्दछन् भने ठान्नुहोस् त्यहा पक्कै केही गडबडी छ।’ सिटौलाले सुझाए ।
इन्डेक्स्ड युनिभर्सल लाइफ अन्तरगत पर्ने बिमा उत्पादनहरु ठगीमा परेको भनिएका अधिकांश नेपालीले किनेका छन् । बिमा अभिकर्तालाई मात्र धेरै नाफा हुने यस किसिमको बिमा अधिकांश शिक्षित अमेरिकनमाझ त्यति चल्तीमा छैन । यसमा ग्राहकलाई निश्चित रकम वा इक्विटी इन्डेक्सड एकाउन्टको छनौट दिए पनि बजारमूल्य र सञ्चालन खर्च आदिका कारण बिमा गर्ने व्यक्तिले खासै फाइदा नपाउने विज्ञहरुको भनाइ छ ।
जीवन बिमा गरि परिवारका सात सदस्यको मासिक १ हजार १ सय डलर तिर्दैआएका भर्जिनिया बस्ने रामप्रसाद खनाल त्यतिवेला छाँगोबाट खसेजस्तै भए जतिवेला उनलेथाहा पाए कि विमा गरेको चार बर्षमा उनको बचत शून्य बराबर रहेछ । उनको विमा गरिदिने नेपाली बिमा अभिकर्ताले उक्त बिमा कम्पनीबाट १५ प्रतिशत व्याज प्राप्त गर्न सकिने आश्वासन दिएको खनाल बताउछन् । ‘पैसा बैंकमा बचत गर्दा राम्रो व्याजदर प्राप्त नहुने स्थितिमा जिवन बिमा पनि हुने र बचत गरेवापत राम्रो व्याज पनि प्राप्त हुने यो प्याकेज आकर्षक लाग्यो ।’
विश्वास गरेका एक नेपालीले आफ्नो विमा कम्पनीमा आवद्ध गर्नकालागि नभएका स्किमहरु देखाए र उनले पनि साथी र विश्वासको आधारमा मौखिक कुरालाई पत्याए । उक्त विमाका विभिन्न शर्त तथा जानकारीहरु आफैंले पढ्न जरुरी ठानेनन् । ‘एजेन्टलाई धेरै विश्वास गर्नु र त्यसका शर्तहरु अक्षरश नपढ्नु मेरै गल्ती थियो।’ खनालले भने ।
उनले आफ्नो नाममा मात्र बिमा गरेनन् आफ्नै परिवारका भाइसहित ७ जना अनि आफ्नो वरपरका मानिसहरु गरी करिब ४० जनाको बिमा गराउन सहयोग गरे । ति नेपाली एजेन्टले ग्राहक खोजिदिएवापत कमिशन लिन आग्रह गरेको तर आफूले नलिएको खनाल दावी गर्छन। ‘हामीलाई विमा बेचिसकेपछि ति नेपाली हामीबाट टाढाटाढा हुने र हाम्रो सम्पर्कमैं आउन छाडे ।’ खनालले अगाडी भने ‘त्यसपछि विमाको बारेमा यसका जानकारहरुसँज बुझ्न थालें ।’ आफ्नो परिवार पूर्णरुपमा ठगिएको कुरा खनालले ४ वर्षसम्म विमा प्रिमियम मात्रै ५० हजार डलर तिरेपछि मात्र थाहा पाएको बताए ।
चिनजानका मानिसको चिप्ला कुराहरुको चंगूलमा पर्नेहरुको लिष्ट लामो छ । राजधानी डिसी वरपरको क्षेत्रमा बसोबास गर्ने नेपाल अमेरिका पत्रकार संघ नेजाका सस्थापक अध्यक्ष गिरिश पोखरेलको परिवारले पनि यस्तै बिमामा ३० हजार अमेरिकी डलर गुमाएको बताए। ‘त्यो बेला बुझिएन। अहिले खोलो फर्किदैन।’
पारिवारिक मित्रको रुपमा रहेका एक व्यक्तिले छोरीहरुको भविष्यको लागि भन्दै इमोशनल व्ल्याकमेलिंग गरेपछि विमा गर्न उनी राजी भए । ‘कुनैबेला एउटै घरमा बसेको मानिसबाट यसरी ठगिनसकिन्छ भन्नेकुराको अनुमान गर्न सकिन, पोखरेलले भने ।’
अहिले अमेरिकामा रहेका नेपाली र भूटानी शरणार्थीसमूदायबीच विमा कम्पनीका नेपाली एजेन्टले विमा पोलिसीका बारेमा झुट्टा कुरा बताएर विमा गर्न लगाएको विषयले सामाजिक सन्जालहरुमा हाल विशेष चर्चा पाइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फाल्गुण १३, २०७२ १९:०५:३६

http://global.setopati.com/america/1526/
Read Full Discussion Thread for this article