Posted by: sajha onion February 22, 2016
अमेरिकामा बस्ने नेपालीहरुमा नियमित प्रतिसप्रधा
Login in to Rate this Post:     3       ?         Liked by
निउ जर्सी, निउ योर्क
अमेरिकामा हाल बसेका नेपालीहरुमा समय समयमा प्रतिस्प्रधा निरन्तर रुपमा हुँदै आएको छ | हालसालै प्रकाशित समाचार अनुसार बार्षिक आयेश्रोत $३०,००० देखि $६०,००० सम्म हुने नेपालीहरुमा बढी भन्दा बढी मोटाउने प्रतिस्प्रधा चलिराखेको छ | यस अगाडी कसको महँगो जुत्ता, कस्तो महँगो कमिज, हुदै कसको महँगो गाडी सम्ममा प्रतिस्प्रधा चलेको पाइएको छ | यस्ता प्रतिस्प्रधा चल्दा, नेपालीहरुले नेपालको घर खेत सम्म बेची आफुले आफ्नो नाम र सम्मान राखेका छन् |

अहिलेको मोटाउने प्रतिस्प्रधामा अग्रसर नेपाली विद्वानले आफुले म्याकडोनाल्ड र अरु फास्ट फुड इन्दस्त्रीमा काम गर्ने खुलाएको छ | प्रत्येक्ष्यदर्शीका अनुसार दिनमा ४ देखि ५ बर्गर औसतमा खाने गरिन्छ | बिगतका नेपालमा बितेका दिनहरुमा एक छाक पनि टार्न धौ धौ पर्ने भएर पनि अमेरिकामा आएर यस्तो फोकटमा पाए दश वोटा सम्म खान सक्ने दावा गरेका छन् |

हुँदा हुँदा ज्याक्सन हाइटमा संचालित थकाली किचेनमा एक दुइ जना भलादमिहरुलाई प्रबेस निषेध सुचीमा राखिएको छ | किवदन्तिका अनुसार एकै पटक ५ प्लेट चिकन मोमो, तीन प्लेट चौमिन, चार प्लेट सुकुटी, २ प्लेट सेकुवा, अनि दुइ वोटा खसी भात सम्म खाइदिदा लास्टमा एम्बुलेन्स नै बोलाउनु परेको त्येहा काम गर्ने नेहा बहिनीले यस सम्बाददातालाई पुस्टि गरेका छन् |

जय नेपाल
Read Full Discussion Thread for this article