Posted by: Mrigtrishna February 20, 2016
सेतो इन्द्रणी
Login in to Rate this Post:     6       ?         Liked by

सेतो कपडा ओड्नेको सपना हुदैंन रे
लाखौं हुन्छन् वरिपरि आफना हुदैंन रे।

एउटै मान्छे मरि जांदा संसार भासिने उन्को
परिवार नामको त्यो वृक्ष अब घना हुदैंन रे।

लक्ष्मीबाट ओरालो लागी अलच्छिनी अब
बत्तीसै होउन् गुण तर सर्हना हुदैंन रे।

गजक्क परे ससुरा ठस्स परिन् सासु पनि
भने त्यो घरमा उन्को अब ठेगाना हुदैंन रे।

क्या अचम्म उनले नै कुटि कुटि मारे जस्तो
पापी नजर सब्का तर बुझ्ने भावना हुदैंन रे
-मृगतृष्णा
Read Full Discussion Thread for this article