Posted by: _ February 18, 2016
visitor visa
Login in to Rate this Post:     0       ?        
nep977ज्यु, पटक पटक परिवार (श्रीमती) भेट्न बर्षमा ४-५ पटक आउजाउ गरेका थिए मेरा एक साथिले २०१३/१४ मा. नेपालमा खासै काम नभएको र अमेरिका फेरी आउनुपर्ने भए सकेसम्म नजाने हो कि? ६ महिना थप धेरैले गर्छन; अझ एक बर्ष पूरा हुने बेला फेरी एक्स्टेन्सनको लागि एप्लाई गर्दा मेरो आमाको approve भएको थियो, २०१३मा. खासै गतिला कारण (बिहे, जन्म, ठुलो बिरामी, मरण) केहि पनि नभएकोले पहिलो extension को लागि पारिवारिक घुमघाम बाँकी भएको भनियो, अनि दोश्रो extension मा चाहिं बुढेसकाल र एक्लै travel गर्न अप्ठेरो हुनाले फलानो मितिमा छोराछोरीसंगै नेपाल जाने भनियो. वेबसाइटमा ४५ दिन अगाडि apply गर्नु भने पनि, decision नाऔञ्जेल legal नै हुने भएकोले , बरु decline भए पनि ढिलो होस् र त्यतिन्जेल भए पनि बस्ने भनेर मिति सक्कने १०-१२ दिन अगाडी मात्र फारम भरेर पठाइयो, रसिद हप्ता दिन भित्र आइपुगेको थियो दुवै पटक.
Read Full Discussion Thread for this article