Posted by: davidcollins February 7, 2016
विवाह उत्सवना
Login in to Rate this Post:     0       ?        
विश्व सन्देश साप्ताहिक,आफ्नो प्रकाशनको आगामी अंकमा भुकम्प पीडितको राहतको लागि अमेरिकामा प्रबिधीको प्रयोग गर्दै "गो फन्ड् मि "मार्फत संकलन भएको झन्डै ६० करोड नेपाली रुपैयामा केन्द्रित हुँदै छ । प्रत्येक ब्यक्तिले ४० अमेरिकि डलर देखी १ लाख १२ हजार अमेरिकि डलर सम्म भुकम्प पीडितकालागि उठाउनु भएको छ । हामी तपाईं संकलनकर्ताहरुको नाम संचार मध्यममा सुचिक्रित गर्दै छौ । संकलित रकम तपाईंहरुले दुरुपयोग गर्नु भयो हामी भन्दैनौ तर कुन ठाउँमा ? ,कस्को कस्कोलागि त्यो पैसा खर्च गर्नु भयो जानकारी गराउनु तपाईंहरुको दाईत्व हो । निलो पसिना मिसिएको त्यो पैसा सहि ठाउँमा पुन्नु पर्छ भन्ने हाम्रो मान्यता हो । 
थुप्रै संकलनकर्ताहरु मेरो फेस बुकमा मित्रको रूपमा हुनु हुदो रहेछ । कृपया तपाईंहरुले संकलन गर्नु भएको सहयोग कता कता गयो हामीलाई समाचारको प्रायोजनको लागि बताइ दिनु भयो भने आभारी हुने थियौ ।
Read Full Discussion Thread for this article