Posted by: davidcollins February 7, 2016
देउवा पक्षद्वारा रुकुममा निर्वाचन बहिस्कार
Login in to Rate this Post:     0       ?        

नेपाली कांग्रेसको क्षेत्रिय अधिबेशन अन्तर्गत निर्वाचन क्षेत्र नं. १ र २ मा आईतबार संचालन हुन लागेको निर्वाचन देउवा पक्षीय कार्यकर्ताहरुले बहिस्कार गरेका छन् । उम्मेदवारी मनोनयनको समय सकिएपछि पनि दर्ता गरिएको भन्दै उनीहरुले मतपत्र समेत कब्जामा लिएका छन् ।

मनोनयनका लागि तोकिएको समयसीमा कटिसकेपछि महाधिवेशन प्रतिनिधीमा गोरख चन्दको उम्मेद्वारी दर्ता गरिएको भन्दै नन्दबहादुर विष्टको नेतृत्वको देउवापक्षीय समूहले सदरमुकामस्थित राप्ती अफसेट प्रेसमा छापिदै गरेको मतपत्र कबजा गरेको हो । छापिदैगरेको करिब ६ सयप्रति मतपत्र उनीहरुले केही समय कब्जामा लिएपछि प्रहरीको सुरक्षामा मतपत्र छाप्ने काम गरिएको छ ।

संस्थापन पक्षले भने प्रक्रियासंगत उम्मेद्वारी दर्ता भएको जनाएको छ । संस्थापन पक्षका नेता केशरमान रोकाले निर्वाचनमा पुरै प्यानल पराजित हुने भएपछि देउवा पक्षले धाँधलीको आरोप लगाएको बताए । जिल्ला निर्वाचन अधिकृत प्रविण लम्सालले दुवै क्षेत्रको निर्वाचन गराउनका लागि क्षेत्रिय मतदान अधिकृतहरुले नियमअनुसार काम गरेको र प्रक्रियागत ढंगबाटै निर्बाचन कार्यक्रम भइरहेको जनाए ।




Read Full Discussion Thread for this article