Posted by: cybernepali February 3, 2016
निर्दोश बालकलाई के थाहा कि पारस उसको बुबा होइन
Login in to Rate this Post:     0       ?        

काठमाडौं – पूर्व युवराज पारस शाहको प्रेमिका भनिएकी थाई युवती कन्निका चाइसानले आफ्नो छोराले पूर्व युवराजलाई अझै ‘बुवा’ भन्दै खोज्ने गरेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो एक आठ वर्षको छोरा रहेको र उसले आजभोली ‘बुवा खै?’ भन्दै पारस शाहलाई खोज्ने गरेको बताएकी छिन् । 

यद्यपि, पारस शाह भने कन्निकाको छारोको पिता भने होइनन् । उनी लेख्छिन्, ‘मेरो छोरा युनिभर्स मात्र ३ महिनाको हुँदा मैले मेरो पूर्व पतिलाई छाडेको थिएँ । आज ऊ आठ वर्षको भएको छ । उसले आफ्नो बुवालाई कहिले पनि देख्न पाएन । उसको लागि पारसनै पिता हो ।’ पूर्व युवराज पारस भने यतिबेला नेपालमा रहेका छन् । 



फेसबुकमा उनले भनेकी छन्, ‘छोरा युनिभर्सले तपाई किन नेपाल जानुहुन्न भनेर प्रश्न गर्यो । यदी नेपालमा मेरो बुवा छन् भने म मेरो बुवासँगै बस्न चाहान्छु भन्दै प्रश्न गर्छ ।’ तर आफूले छोरालाई ‘तिम्रो आमा र बाबु मै हो भनेर भनेर’ जवाफ दिएको उनले फेसबुकमा लेखेकी छन् । 



पारस शाह थाइल्याण्डमा बस्दा उनीहरुबीच सँगै बस्थे भने उनलाई हृदयघात हुँदा कन्निकाले नै हेरचाह गरेकी थिइन् । पारस शाह नेपाल फर्किएपछि भने उनीसँग सम्बन्धमा नरहेको बताइएको थियो । नेपाल फर्किएसँगै उनीहरुबीचको सम्बन्ध टुंगिएको भन्ने अड्कल काटिएको छ । 

श्रोत : रातो पाटी
Read Full Discussion Thread for this article