Posted by: tito-satya January 28, 2016
Nepali matrimonial sites ?
Login in to Rate this Post:     0       ?        
मिलि जी ! धन्यवाद सर्बप्रथम त ! के फरक पर्यो त equate साथि ले बाहुन को छोरी नै खोज्दा ? अब काग ले काग को हुल खोज्छ अनि बकुल्ला ले बकुल्ला को ! एउटा बाहुन को छोरो ले बाहुन को छोरी संग बिहे गर्छु भन्न न पाउने त ? एउटा गुरुङ को छोरो ले म एउटा गुरुन्ग्नी बिहे गर्छु भन्न न पाउने त? कसरि जातियबाद भयो यो कुरा? हो एउटा जात ले अर्को जात लाइ गालि गरेर वा होच्याएर बोलेको भए पो जतियबाद को कुरा आउथियो त ! यो equate साथि ले फलाना फलाना जात को केटि खराब हुन्छन अनि फलाना जात को केटि असल हुन्छन, त्यसैले बाहुन को छोरी चाहियो भनेको भए पो equate साथि गलत हुनु हुन्थ्यो त, हैन र? बाहुन को छोरी चाहियो भन्नु कुनै गलत हैन अनि जातिबाद हैन, एउटा मुस्लिम ले मुस्लिम केटि खोझं पाउछ अनि एउटा हिन्दु ले हिन्दु केटि, त्यो जातिबाद, धर्मबाद हुदैन भने कसरि एउटा बाहुन को छोरो ले बाहुन केटि खोज्नु, एउटा गुरुङ ले गुरुङ केटि खोज्नु, एउटा मगर ले मगर केटि खोज्नु जातिबाद भयो? मैले बुझ्न न सकेको हो कि, खै हौ ? बुझ्न नै न सकिने हाम्रा चेली बेटी लाइ ! के सारो भएको हौ ! त्यसैले होला हाम्रा छिमेकी ले नेपाली चेली मन पराएका अमेरिका मा | नेपाली केटा अलि सोझा हुन्छन, नेपाली केटि को कुरा नै बुझ्न सक्दैनन् ! नेपाली केटि पनि सोझा हुन्छन अनि त छिमेकी ले फाइदा लुट्छन |जय होस् हाम्रो चेली हरु को ! जय होस् तपाई हरु को सोच को !



Read Full Discussion Thread for this article