Posted by: taraniraula January 22, 2016
New Ad-hoc Committee at Nepal Rastra Bank
Login in to Rate this Post:     0       ?        

 नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल राष्ट्र बैङ्क केन्द्रीय समितिको १०औँ अधिवेशनबाट १५ सदस्यीय कार्य समिति गठन भएको छ । 

रेशमराज रेग्मीको अध्यक्षतामा गठन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भुवनेश्वर भट्टराई, उपाध्यक्षमा राजनप्रसाद अधिकारी, महासचिव राजीव शर्मा रेग्मी, सचिव हरिकृष्ण भट्टराई र कोषाध्यक्ष देवराज घिमिरे रहेका छन् । 

त्यसैगरी समितिको सदस्यमा अष्टबहादुर श्रेष्ठ, कृष्णबहादुर कुँवर, मीनप्रसाद पोखरेल, कुमार पण्डित, शिवनाथ योगी, शान्ता पौडेल हुमागाईँ, मीना कुँवर, हिरामान श्रेष्ठ र विनोद परियार रहेको बैङ्कद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

यसैगरी, बैङ्कको बालुवाटार, थापाथली र टक्सार समितिमा समेत क्रमशः राजकुमार खत्री, पुण्यप्रसाद बराल र रेवतीकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको उल्लेख गरिएको छ । 

Read Full Discussion Thread for this article