Posted by: cybernepali January 9, 2016
नेताहरुले अरबौं लुट्दा केहि भन्न गर्न नसकेका नेपालीहरुले जाबो कपडा लगायो भनेर अभिनेत्रीको बेइज्जति
Login in to Rate this Post:     0       ?        
पवित्र खादा दुरुपयोग गरेकोमा माफी मागिन् शुभेच्छाले

भन्छिन्-'अन्जानमा गल्ति भयो'


suvakchya bikini

२४ पुस, काठमाडौं । खादाको दुरुपयोग गर्दै फोटोसेसन गरेकोमा अभिनेत्री शुभेच्छा थापाले माफी मागेकी छिन् ।

थापाको फोटोले बौद्ध धर्माबलम्बीको आस्थामा चोट पुर्‍याएको भन्दै तीव्र आलोचना भएपछि उनले अन्जानमा गल्ती भएको बताएकी हुन् । अनलाइनखबरसित कुरा गर्दै उनले कुनै धर्म वा समुदायलाई अपमान गर्ने मनसाय आफ्नो नरहेको दाबी गरिन् ।


‘यो विषयमा मलाई जानकारी दिएन । ध्यान नपुर्‍याई फोटोसुट गर्दा गल्ति भयो । यति धेरै विवाद आउला भन्ने पनि लागेको थिएन,’ उनले भनिन् ।


रिलिजको तयारीमा रहेको फिल्म बिन्दास-३ का लागि सुभेच्छाले आपत्तिजनक फोटोसुट गराएकी थिइन् । उनले तस्बिरमा गोप्य अंग छोप्नलाई खादाको प्रयोग गरेकी थिइन् ।


- See more at: http://www.onlinekhabar.com/2016/01/372579/#sthash.Uc71wHDj.dpuf
Read Full Discussion Thread for this article