Posted by: yadavanu January 3, 2016
नेपाल मा समय समय मा सत्ता परिवर्तन भयो, शासक परिवर्तन भयो, तन्त्र परिवर्तन भयो तर त्यो फोहरी मानसिकता र सोच कहिले पनी परिवर्तन भएन ।
Login in to Rate this Post:     0       ?        
एउटा सच्चा राष्ट्रवादी राष्ट्र को लागि कहिले पनि हार मान्दैन उसले जहिले पनी आफ्नो जीवन अनुशासन र जिम्मेवारि को साथ निर्बाह गर्दछ। राष्ट्रवाद को नाम मा हामी कतै हराएका छौँ, कतै लड्बराए का छौँ, कतै डराएका छौँ , कतै राष्ट्रवादी श्रृङ्गार पखालिएर त जादैन ? बाहुनवाद, मधेशवाद र राष्ट्रवाद को नाम मा कतै गरिब दुखि जनता लाई भुलाउने काम त भएको छैन ?
राजनीति मा Divide and rule कुनै नौलो प्रक्रिया होइन, कतै हामी Divide and rule को शिकार त भएका छैनौ ? अब देश लाई अगाडी बढाउने जीम्मा हाम्रो काँध मा आएको छ । भनिन्छ परिवर्तन को लागि एक सोच नै काफी हुन्छ ।
नेपाल मा समय समय मा सत्ता परिवर्तन भयो, शासक परिवर्तन भयो, तन्त्र परिवर्तन भयो तर त्यो फोहरी मानसिकता र सोच कहिले पनी परिवर्तन भएन । यो देश मा आर्दश बनेर अरुलाई बाटो देखाउने अगुवाहरु नै बाटो हगुवा भए। एउटा सच्चा समाज सेबी को नाता ले देश मा जे भइ रहेको छ त्यो हेर्दा छाती बेस्सरी चस्किन्छ, मन रुन्छ, सहन एकदमै गाह्रो हुन्छ । शायद मलाई मात्र दुख्दैन होला मेरो देश? आउनुस हात मा हात मिलाउ, हाम्रो देश बचाउन, हाम्रो देश को विकाश गर्न को लागि अब सुत्ने होइन उठने बेला हो, फुट्ने होइन, जुट्ने बेला हो । फोहरी मानसिकता बोकेका हरु लाई तिरस्कार, बह्रिस्कार र पराजीत गर्ने बेला आएको छ ।
Last edited: 03-Jan-16 10:12 AM
Last edited: 03-Jan-16 12:22 PM
Read Full Discussion Thread for this article