Posted by: businesstycoon January 2, 2016
जस्तो सुकै, जतिसुकै क्रुर शासक भएपनि इतिहास
Login in to Rate this Post:     0       ?        
राष्ट्रवादको कुरा आउँदा अधिकांसको हृदयमा राष्ट्रवाद हुन्छ, कसैले खुलेर प्रकट गर्दछ त कोहि खोल्दैनन, कसैले लेखेर त कसैले भाषण गरेर प्रकट गर्दछन । कसैले नारा जुलुस गरेर त कोहि शहिद भएर । आ-आफ्नो तर्फबाट सबै राष्ट्रबादी हुन् । याद आउँछ मलाइ ती दिन, ढाका टोपी लाउने ब्यक्ती पाखे कहलिन्थ्यो तर अहिले आएर राष्ट्रबादी कहलिन एकदिन भए पनि टोपी लाएर फेसबूकमा फोटो राख्न पर्ने भयो । तर दु:ख लाग्छ हामी नेपालीलाई टोपी लाउन पनि टोपी दिवस कुर्नु पर्ने भएछ । ढाका टोपीको बिरोधी होइन म, गर्व गर्छु टोपी लाउनलाई, मन पर्छ नेपाली पन र नेपाली संस्कार किनकि यो मन त नेपाली हो । 
सलाम छ सबैलाई एकदिन भए पनि टोपी लगाएर राष्ट्रियताको पहिचान गराएकोमा । आधुनिक र नामले मात्र गणतान्त्रीक सरकारले संविधानबाट हटाइएका पोशाक र टोपीलाई जनताले स्वस्फुर्त रुपमा मान्दै आउँछ भने बिरोध पनि किन गरिरहनु र ? 
बरु ससांक दाइले जस्तै शेर्पा समुदायको प्रतिनिधित्व झल्काउने टोपी लाएर आफ्नो समुदाय र क्षेत्र प्रति गर्व गर्न जति पनि हुन्छ तर राष्ट्रियता प्रति आघात पुग्ने काम नगरियोस । 
अर्को कुरा पञ्चायत कालमा शुरु भएको झण्डा, टोपी र पोषाक फेर्नुपर्छ भन्ने कुरामा बिवाद किन गरिरहनु पर्यो र ? 
राणा शासन, पञ्चायत शासन मन परेन जनतालाई अनि अझ भन्दा नेतालाई । त्यतिबेलाका अधिकांस शासकहरुलाई कसैले मन पराएनन । राजा र राजतन्त्रसँग जोडिएका नामबाट राखेका बाटाघाटाका नाम, दरबारका नाम, शहरका नाम, नदीका नाम, पाटि-पौवाका नाम मन परेन हाम्रा गणतान्त्रीक नेताहरुलाई । फेरे सबै कुराका नाम । तर अचम्म लाग्छ तत्कालिन राणाकालीन दरबार सिंहदरबारमा बसेर सत्ता चलाउन र पुस्तौ पुस्तासम्म पुग्ने धन आर्जन गरी जनतालाई लडाउन लाज लाग्दैन यी गणतन्त्रे नेतालाई ? किन बनाउदैनन नयाँ गणतान्त्रीक सिंहदरबार ? 
जस्तो सुकै, जतिसुकै क्रुर शासक भएपनि इतिहास मेटाउनु हुन्न, शालिक फुटाउनु हुन्न किनकी भावी पुस्तालाई इतिहास पढ्ने र जान्ने मौका मिल्नु पर्छ, अनि ईतिहास सम्पत्ती हो जसको जगेर्ना गरिनुपर्दछ 
Read Full Discussion Thread for this article