Posted by: metta December 10, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     1       ?         Liked by
गणेश थापालाई टिममा नराख्दा सांघातिक आक्रमण

बहुदल आएलगत्तै अखिल नेपाल फुटबल संघको नेतृत्वमा पुगे, पुरुषोत्तम श्रेष्ठ । तर, उनी पञ्चहरूको दादागिरीको सिकार बने । चाहेर पनि फुटबलमा राम्रो गर्न पाएनन्, बरु टाउको फुटाउनुपर्‍यो । बहुदलीय प्रजातन्त्रका पक्षपाती भन्न रुचाउने राजनीतिक नेतृत्वले पनि पञ्चहरूको दादागिरीकै पक्षपोषण गरे । ०४६ पछि नेपाली फुटबल क्षेत्रमा भएका घटनाबारे सुनाउन नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायले श्रेष्ठसँग अनुरोध गरे । उनले बेलीविस्तार लगाए : ०४६ सालको बहुदलपछि पनि तिनै व्यक्तिहरू (मण्डले) सल्बलाए, जो पञ्चायती व्यवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कब्जा जमाएर बसेका थिए । उनीहरूले राखेपको आधिपत्य छोड्न चाहेका थिएनन् । उनीहरू खेलक्षेत्रमै रहिरहन विभिन्न रणनीति अपनाइरहेका थिए । उनीहरू सोच्थे, हामीविनाको खेलकुद कसरी अगाडि बढ्न सक्छ ? फुटबलमा पनि उस्तै गिद्दे नजर थियो । त्यसवेला राखेपका सदस्यसचिव थिए, राजेन्द्रबहादुर सिंह । उनलाई हामी ‘आरबी राजा’को नामले बोलाउँथ्यौँ । हामी बहुदल पक्षधरसँग मण्डले ग्रुपले रिस साँधेका थिए । कुनै दिन रिसइबी फेर्ने प्रतीक्षामा उनीहरू थिए । त्यसवेला कांग्रेस सरकारले मलगायत अजहर मानन्धर, पवन रानामगर र मुनिरद्दिन मियाँलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को जिम्मेवारी दिएको थियो । मलाई अध्यक्षकै जिम्मेवारी थियो । त्यसको केही समयमै पाकिस्तानमा सार्क गोल्डकप र बंगलादेशमा छैटौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुँदै थियो ।
2

राष्ट्रिय फुटबल टोलीको तयारीका लागि समय कम थियो । अझ आर्थिक रूपमा समेत हामी कमजोर थियौँ । बजेट नै थिएन । हामीले साथीहरूसँग आर्थिक सहयोग लिँदै प्रारम्भिक चरणमा ४२ खेलाडीलाई प्रशिक्षणमा राख्यौँ । खेलाडीहरू प्राय: पुरानै थिए । व्यवस्था परिवर्तन भए पनि हामीले कसैलाई भेदभाव नगरी प्रशिक्षणमा सहभागी गराएका थियौँ । धनबहादुर बस्नेतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा पञ्चहरूले हामी प्रजातन्त्रवादीले अरू खेलाडीलाई छनोटमा नराखेको भन्नेसमेत आरोप लगाए । अघिल्लो व्यवस्थाका व्यक्तिहरूसँग के अहमता थियो भने, ‘हामीविना फुटबल नै चल्दैन, नेपालको फुटबल ‘जिरो लेभल’मै पुग्छ ।’ उनीहरूले छनोटमा नपरे ज्यान नै सिध्याइदिने धम्की दिँदै हिँडेको पनि सुन्थेँ । ००० 

प्रशिक्षणमा गणेश थापा र विराटजंग शाही पनि थिए । थापा रंगशाला आउने र जाने मात्र गर्थे । उनले बीचमै प्रशिक्षण छाडेर हिँड्नेसम्मको काम गरे । तर, विराटजंग नियमित प्रशिक्षणमा आउँथे । अन्तिम खेलाडी घोषणा हुँदा विराटजंग टिममा परेनन् । थापा त पर्ने कुरै भएन, पहिल्यै प्रशिक्षण छाडेका थिए । छनोटमा नपरेपछि ‘थापा समूह’ले हामीलाई धम्क्याउन सुरु गरे । तर, हामीले धम्कीको वास्ता गरेनौँ । देशमा बहुदल आएको छ, अबका दिन हाम्रै त हो नि भनेर बसेका थियौँ । धम्की र दबाबबीच नै मैले नेपाली फुटबल टोलीलाई पाकिस्तानमा सार्क गोल्डकपमा भाग लिन पठाएँ । अजहरले नेपाली टोलीको टिम म्यानेजरको जिम्मेवारी सम्हालेका थिए । ००० 

टोली पाकिस्तान गइसकेपछि शिक्षा तथा खेलकुद मन्त्रालयका पदाधिकारीले मसँग सोधेका थिए, ‘तपाईंले पुराना खेलाडी (थापालगायत)लाई राख्नुभएनछ नि । उनीहरूले गुनासो गरेका छन् ।’ एन्फा अध्यक्षको नाताले उत्तर दिएँ, ‘प्रशिक्षणका क्रममा मिहिनेत गर्ने खेलाडीलाई मात्रै छनोट गरेको हुँ, अनफिट खेलाडीलाई समावेश नगरेको हुँ । हेर्नुहोला, हाम्रो टिमले पाकिस्तानमा राम्रो नतिजा ल्याउनेछ ।’ 
००० 

रंगशालाको पूर्वतिरको प्याराफिटमुनि एन्फाको मुख्य कार्यालयमा साथीहरूसँग बंगलादेशमा हुने साफको तयारी र योजना कसरी गर्ने भनी छलफल भइरहेको थियो । एन्फालाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि भइरहेको थियो । आर्थिक पाटोको विषयमा बढी केन्द्रित थियो । त्यो छलफलमा मोती श्रेष्ठ मेरै आडमा थिए । एक्कासि ६–७ जनाको समूह आएर पछाडिबाट एकैपटक ममाथि खुकुरी प्रहार गरे । पछाडिबाट आक्रमण भएकाले हामीले प्रतिकार गर्न सकेनौँ । म भुइँमा ढलेँ, रक्ताम्य अवस्थामा । छलफल कोठाबाहिर वीरे (त्यसवेलाका पियन)ले हारगुहार गरिसकेका रहेछन् । वीरे चिच्याउँदा पनि हमला गर्ने व्यक्तिहरू कोठाभित्रै थिए । करिब १० मिनेटपछि उनीहरू भागे । राखेपका [Disallowed String for - ...]ित्सक डा. अजय राणा र सुरेश आलेमगरले मेरो प्रारम्भिक उपचार गरे । त्यसपछि एम्बुलेन्समा राखेर मलाई वीर अस्पतालको इमर्जेन्सीमा पुर्‍याए । [Disallowed String for - ...]ित्सकले टाउकोमा १७ टाँका लगाएर मेरो उपचार गरे । केही खेलाडी छनोटमा नपर्दामै यस्तो घटना हुन्छ भन्ने मलाई पूर्वानुमान थिएन । तर, उनीहरूले ‘तिमीहरूलाई काट्छु, मार्छु’चाहिँ भन्ने गरेका हुन्थे । तर, हामीलाई आक्रमण गर्ने को–को थिए, अहिलेसम्म मलाई थाहा छैन । किनभने, उनीहरूलाई मेरो आँखाले देखेन । प्रहरीले घटनालगत्तै आक्रमणकारीको खोजी गरेको थियो । दुई–चारजनालाई मलेसिया पठाएको सुनेँ । ००० 

वीर अस्पतालमा म १५ दिनजति बसेँ होला । डिआइजी ध्रुवबहादुर प्रधान, विष्णुगोपाल श्रेष्ठ र परिषद्का सदस्यसचिव आरबी राजा मलाई हेर्न आएका थिए । दुई सातापछि म पूर्ण रूपले स्वस्थ भइसकेपछि प्रहरीले मसँग बयान लिएको थियो । मैले कसैको अनुहार चिन्न नसेको बयान दिएँ । तर, ती आक्रमणकारी थापा र विराट समूहकै हुन्चाहिँ भनेको थिएँ । अहिले पनि म ठोकुवासाथ भन्न सक्छु, त्यो घटना थापाको संलग्नताविना भएको थिएन । पछि थाहा पाएँ, एन्फाका सदस्य मुनिरद्दिनको नक्सालस्थित घरमै पुगेर थापा समूहले तोडफोडसमेत गरेका थिए । घरका केही चिज पनि नराखी सबै फुटाएर हिँडेका रहेछन् । अहिले त मुनिरद्दिनको निधन भइसक्यो । ००० 

वीर अस्पतालबाट घर फर्केपछि राम्रो समाचार सुन्न पाएँ । गणेश थापाविना पाकिस्तान गएको टोलीले तेस्रो स्थान हात पारेको रहेछ । यसको केही समयपछि नै बंगलादेशमा साफ सुरु हुँदै थियो । हामीले साफका लागि खेलाडी बोलायौँ । छनोटमा विराटजंग आएनन् । मलाई हमला गरेपछि विराट लामो समयसम्म ‘अन्डरग्राउन्ड’ भए । मैले प्रारम्भिक चरणमै गणेश र विराटको नाम समावेश गरिनँ । थापा नपरेपछि परिषद्ले मलाई ‘गणेश थापालाई किन नराखेको ? भनेर स्पष्टीकरण सोध्यो ।’ मैले भनेँ, ‘फर्ममा नभएको र टिममा ‘एडजस्ट’ हुन नसक्ने खेलाडी छनोटमा पर्न सक्दैनन् ।’ ‘साफ गेम’ सुरु हुनुभन्दा २० दिनअगाडि गणेशलाई पनि समावेश गर्नु भनी परिषद्को अर्को चिठी आयो । परिषद्को निर्देशनपछि थापालाई पनि क्याम्पमा राख्न म विवश भएँ । त्यसवेला शिक्षा तथा खेलकुदमन्त्री गोविन्दराज जोशीले पनि उनलाई राख्न दबाब दिएका थिए । मलाई खुकुरी हान्न लगाउने नाइकेलाई नै प्रशिक्षणमा राख्नुपर्ने बाध्यता पर्‍यो । पछि मैले थाहा पाएँ, गणेश थापालाई टिममा राख्न दरबार र गिरिजाबाबुको पनि दबाब परेको रहेछ । त्यति मात्र कहाँ हो र, थापालाई टोलीमा राख्न राखेपले नै मुनिरद्दिन मियाँ, प्रशिक्षक महेश्वर मुल्मी, प्रशिक्षक धनबहादुर बस्नेत, डा. अजय र धीरेन्द्र श्रेष्ठ सम्मिलित खेलाडी छनोट समिति गठन गरेको थियो । ००० 

हामीले इतिहासमै पहिलोपटक फरक किसिमले खेलाडी छनोट गर्‍यौँ । अन्तिम चरणमा २८ खेलाडी थिए । एउटा कागजमा सबै खेलाडीका नाम लेख्यौँ र प्रत्येक नाममा आफ्नो इच्छाअनुसार ० देखि १५ सम्मको अंक दिन सबै खेलाडीलाई भन्यौँ । बढी नम्बर ल्याउने खेलाडी टोलीमा रहने र कम आउने खेलाडी बाहिरिने नियम बनायौँ । मैले परिषद्का सदस्यसविच आरबी राजासमक्ष नै सिलबन्दी रहेको कागज खोले । त्यसमा गणेश थापा २६औँ नम्बरमा परे । खेलाडीले नै गणेशलाई पर्फमेन्सका आधारमा बाहिर राखिदिए । गणेश टोलीमा नपरेपछि फेरि अर्को लफडा आइपुग्यो । बंगलादेश जानुअघि शिक्षामन्त्री गोविन्दराज जोशीले ‘थापालाई किन राखिएन’ भनी अर्को आयोग गठन गरे । सचिवको अध्यक्षतामा रहेको आयोगमा जर्मनी प्रशिक्षक होल्डर ओभरम्यान पनि थिए । आयोगमा मलाई १५ वटाजति प्रश्न सोधियो । सोधे, तपाईंले तयार पारेको टिम कस्तो हुन्छ ? मैले भनेँ, ‘मेडल आएन भने बंगलादेशमै एन्फा अध्यक्षबाट राजीनामा दिनेछु ।’ उनीहरूले फेरि सोधे, गणेश थापा कसरी टिममा नपरेको ? फेरि उत्तर दिएँ, ‘सबैको अगाडि छनोट गरिएको हो, मैले कसैमाथि पूर्वाग्रह राखेको छैन र फुटबलमा सबै खेलाडी मेरा लागि समान छन् ।’ उनीहरूले म कांग्रेसको मान्छे भनेर पञ्चायतकालका मान्छेलाई नराखेको भनेर शंका गरेका रहेछन् । मैले खेलाडी पेलेको उदाहरण दिँदै राम्रा खेलाडी कहिल्यै पनि पुरानो नहुने दरिलो जवाफ दिएँ । ००० 

सन् १९९३ मा छैटौँ साफ गेममा नेपालले प्राप्त गरेको एक मात्र स्वर्ण पदक फुटबलबाटै थियो । तत्कालै स्वर्ण विजेता खेलाडीलाई एन्फाले जनही पाँच हजार रुपैयाँ प्रदान गर्‍यो । त्यसवेला हामीलाई लागेको थियो, स्वर्ण जितेको हाम्रो टिमलाई सरकारले सम्मान गर्नेछ । तर, सतीले सरापेको देशमा राम्रो काम गर्नेको कदर हुँदैन रहेछ । बरु, नेपाललाई स्वर्ण दिलाएका प्रशिक्षक धनबहादुर बस्नेतलाई रंगशालामा चिया पिइरहेको अवस्थामा गणेश थापाले हेल्मेट प्रहार गरे । बस्नेतका दुईवटा दाँत भाँचिए । अझ पीडाको कुरा त हामीलाई सरकारले फुटबल संघबाटै बर्खास्त गर्‍यो । हामी बर्खास्तीमा पर्नुअघि फिफाको चुनाव हुँदै थियो । कतार, दक्षिण कोरिया, कुवेत र मलेसियाले पनि दाबेदारी दिएका रहेछन् । ती प्रत्येक राष्ट्रका फुटबल संघले नेपाललाई सहयोग गर्ने वाचा गरेका थिए । फुटबलमा आर्थिक सहयोग व्यापक आउन थालेपछि षड्यन्त्र सुरु भयो । गिरिजाबाबुले राखेपका सदस्यसचिव आरबी राजाको स्थानमा रुक्मशमशेर राणालाई ल्याए । राणाले फिफाको मतदानमा मेरो स्थानमा आफू जाने कुरा गरे । एन्फा अध्यक्षको हैसियतले आफैँ जाने जवाफ मैले उनलाई दिएँ । राणाले मलाई एन्फा अध्यक्षबाट राजीनामा दिनुस् भने । मैले दिन्नँ भनेँ । पछि माथिल्लो आदेशपछि राणा नै मतदान गर्न गए । उनले दक्षिण कोरियालाई भोटिङ गरेका रहेछन् । त्यसवेला मैले सुनेँ, नेपालबाट कोरियालाई मतदान गर्नेलाई ‘शुभलाभ’का रूपमा मोटर उपहार दिइएको रहेछ । यो घटनाको ६ महिनापछि सरकार परिवर्तन भयो । राखेप सदस्यसचिवमा केशव स्थापित आए । एमाले सरकारले राणालाई हटाएर फेरि गणेश थापालाई एन्फा अध्यक्ष बनायो । 

http://www.enayapatrika.com/2015/12/40370
Read Full Discussion Thread for this article