Posted by: ujl December 6, 2015
What is Nepal? के हो नेपाल?
Login in to Rate this Post:     0       ?        
आखिरमा नेपाल के हो त? के नेपाल भुमि हो? या त्यस भुमिमा बस्ने मानव जाति? या यी दुबैको समिश्रण हो नेपाल? या नेपाल केवल एउटा मानव परिकल्पना हो? या नेपाल केवल ध्वनि हो जसको कुनै ठोस अस्तित्व छैन? मानव मन बिना के नेपालको अस्तित्व सम्भव छ? यदि छ भने, कहाँ छ नेपाल? मधेसी को हुन्? पहाडिया को हुन्? के इनिहरू नै हुन् त कथित नेपाली? यदि मधेसी र पहाडिया दुबैको चित्त-बुद्धिबाट स्मरण शक्ति हटाउने हो भने के इनिहरू आफु मधेसी या पहाडिया भएको प्रमाण दिन सक्लान त? नेपाली हुनुको धरातल के हो? भूत, बर्तमान, र भविस्य के अलग-अलग कुरा हुन्, यदि हुन् भने स्मरण शक्तिको के औचित्य? अनि स्मरण-शक्ति बिना नेपालको के औचित्य?

के नेपाल मानव मनहरूको अंतर्जाल हो? यदि हो भने भूमिको के महत्व? देशको जन्म हुनु भनेको के हो? यदि देशको जन्म हुन्छ भने यो जन्म हुन भन्दा अगाडी कहाँ अवस्थित हुन्छ? देश मर्नु भनेको के मानव विचार मर्नु हो? मैले आँखा चिम्लेर मनमा नेपाल भनेर सोंचे भने मेरो मन भित्रको आँखामा सबै भन्दा पहिला के कुराको स्मरण आउंछ? के तेही नै हो नेपाल? यदि हो भने नेपाल मो:मो हो ! प्रतिमा र ध्वनिको समिश्रण हो त नेपाल? यदि हो भने कहाँ छ यो प्रतिमा र ध्वनि? आखिरमा के हो त नेपाल?



Read Full Discussion Thread for this article