Posted by: cybernepali November 23, 2015
ह्वाइट हाउस अगाडि नेपालीले गरे अहिलेसम्मकै ठूलो प्रदर्शन, ओबामालार्इ ज्ञापनपत्र बुझाइदै
Login in to Rate this Post:     1       ?         Liked by

ह्वाइट हाउस अगाडि नेपालीले गरे अहिलेसम्मकै ठूलो प्रदर्शन, ओबामालार्इ ज्ञापनपत्र बुझाइदै

अमेरिका, मङ्सिर ७ । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ ।
 
अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्थाहरुले संयुक्त रुपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको विरोध प्रदर्शनमा चार हजार भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो । उक्त विरोध प्रदर्शन नेपालीहरुबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ ।

यस अघि प्रदर्शनकारीहरुले ह्वाइट हाउसदेखि अमेरिकास्थित भारतीय दूतावास रहेको ठाउँसम्म ¥याली निकालेका थिए ।
 
 एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)ले आज भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रपति बाराक ओबामासमक्ष एक ज्ञापनपत्र बुझाउने जनाएको छ ।

नाकाबन्दीको विषयमा अमेरिकी सिनेटरहरुलाई यसअघि नै  ज्ञापनपत्र बुझाइएको थियो भने सिनेटरबाट प्राप्त पत्र ¥यालीमा पढेर सुनाइएको थियो । अमेरिकास्थित क्रियाशील नेपाली संस्थाहरू एएनए, वाना, आन्मा, नासा र एनआरएन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो ।
 
मधेसवादी दलहरूको आन्दोलनलाई आधार बनाएर सीमा सुरक्षाको नाममा भारतले नाकाबन्दी गर्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताको उल्लङ्घन गरेको आयोजकले जनाएको छ ।


http://www.nepalipatra.com/news/detail/18026/14

Read Full Discussion Thread for this article